१. विशवास नगर यहाँ कसैको सबैले आफ्नो स्वार्थ पुरा गर्न मात्र तिमीसँग आफ्नोपनको नाटक गर्छन ।
२. मलाइ आफ्नाले नै सिकाएका हुन यहाँ कोहि आफ्नो हुन्नन भनेर ।
३. समयले छुटाएकाहरु सँग त फेरि कुनै दिन भेट होला तर स्वार्थले छुटिएकाहरु सँग त भुलेर पनि कहिले भेट नहोस् ।
४. चारवटा भित्ताले मात्र घर बन्दैन घर हुनत घरमा आमा हुनुपर्छ ।
५. मान्छेको पतन तेहि बेला बाट सुरु हुन्छ जब उ आफ्नोलाइ बर्बाद गर्न पराइ सँग सल्लाह लिने गर्छ ।
६. बाचुन्जेल हरेक दिन फोटो बदल्नुस मरेपछि त भित्ताको एउटै तस्बिरले युग बिताइ दिन्छ ।
७. धन्न मृत्यु सबैलाई आउछ नत्र धनिहरुले मजाक उडाउथे होला गरिब थियो मर्यो भनेर ।
८. मान्छेलाई आफ्नो पीडा सुनाउन छाड्नुस नभए यहाँ माया इज्जत हैन हेप्न थाल्दा रहेछ्न ।
९. जति दुख भए पनि आफ्ना सन्तान प्रती आमाले जिन्दगी भर दुइवटा कुरा लुकाउछिन एउटा आफ्नो इच्छा अनि अर्को आफ्नो पीडा ।
१०. ठुला महलमा बस्नेले धेरैलाई सताउछ्न तर साना झुपडिमा बस्नेले सबैलाई मनमा सजाउछ्न ।
११. माया गर्नेहरु टाढिएपो मन दुख्छ मायाको नाटक गर्नेहरु टाढिदा त मन हल्का पो हुदो रहेछ ।
१२. प्रेमी बिना भ्यालेन्टाइन डे केही फरक पर्दैन तर आमाबिना आमाको मुख हेर्ने दिन धेरै पिडादायि हुन्छ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !