१. सासुको सधै सम्मान गर्नुस उहा त्यही नारी हो जसको कोखबाट तपाईंको श्रीमानको जन्म भयो !
२. कपडा र अनुहार अक्सर झुट बोल्ने गर्छ मानिसको असली व्यवहार त समयले बताउने गर्छ ।
३. प्रेम र सम्बन्ध भनेको सधैभरिको लागि तय गरेको राम्रो हुन्छ दुनियालाइ देख्नका लागि लगाइएको दुई दिनको झुटो प्रेम नि के प्रेम ।
४. छोरिको बिहे इमानदार मानिस सँग भयो भने आमाबुवालाइ एक छोरा पनि मिल्दछ ।
५. भाग्यमानि हुन्छ्न ती नन्दहरु जस्ले आमा जस्तै भाउजू पाउँछन् जस्ले हरेक कुरामा सपोर्ट गर्ने साथी जस्तै व्यावहार गर्छन ।
६. ओछ्यानमा चिया र खाना खाने छोरी विवाह पछि भने सम्पूर्ण घर परिवारलाई खाना खाजा बनाउन देखि घर परिवार समाल्न सम्म बाध्य हुन्छिन ।
७. थकाइ कामको कारणले लाग्छ भन्ने त भ्रम मात्र हो थकाइ त मनमा पिडा चिन्ता असन्तोष निराश र भएको कारणले लाग्ने गर्छ ।
८. विवाह भएर अपरिचित ठाउँमा जानु भनेको अँध्यारोमा ढुङ्गा हाने जस्तै रहेछ कसैको ठीक ठाउँमा पुग्छ कसैको अध्यारो कहीले घाम नलाग्ने ठाउँमा ।
९. एउटा कुरा याद राख्नुस राम्रो सम्बन्ध सबै सँग राख्नुस् तर आश कसैको पनि नराख्नुस आशाले सधैं निराश बनाउँछ ।
१०. जस्ले अरुलाई इज्जत दिन्छ साच्चैमा उ आफैमा इज्जतदार हुन्छ किनकि मानिसले अरुलाई त्यही दिन्छ जें आफू सँग हुन्छ ।
११. कसम खानेले भन्दा जाड खानेले सत्य बोल्छ ।
१२. जीवन् साथी धनको धनी होस या नहोस तर मनको धनी चै होस ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !