मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठार

१. ठूलो मान्छे हैन असल मानिस बन्ने प्रयास गर्नुस यो दुनियाँमा ठूलो मान्छेको होइन असल र ज्ञानी मान्छेहरुको खाचो छ ।

२. म झोलामा मेकअपको सामान होइन काधमा परिवारको जिम्मेवारी बोकेकि छोरी हु ।

३. हरेक छोरी को चाहना यहि हुन्छ कि उस्को आमा बुबा सधै खुशी रहुन ।

४. नियत राम्रो अनि मन सफा हुनु पर्छ दुनियाँले खराब भन्दैमा केहि फरक पर्दैन ।

५. मानिस ठूलो दिलले हुन्छ जातले हैन ।

६. सम्झिने भनेकै गरिब साथिहरुले हुन पैसा कमाएर धनी भएका हरु त ठुला बुढा भैहालेनी ।

७. हामी नारी जातिलाइ माइतिको धेरै सम्पती अनि लोग्ने धेरै धनी हैन लोग्नेको असल चरित्र भए पुग्छ ।

८. जीवन्साथी मनको धनी हुनुपर्छ धन त दुई जना मिलेर कमाउन सकि हालिन्छ नि ।

९. जहाँ आफ्नो कदर हुन्न त्यहा बस्नु बेकार हुन्छ चाहे त्यो कसैको घर होस या कसैको मन किन नहोस ।

१०. मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला बाहिर जति हासे पनि मुटु भित्र बेथा होला ।

११. दुनिया लाई देखाउनु ठूलो कुरा होइन आफुले माया गरेको मान्छेलाइ खुशी राख्न सक्नु र सम्बन्ध निभाउन सक्नु चाहिँ ठूलो कुरा हो ।

१२. गल्ती हुदा साथ छोड्ने होइन गल्ती हुदा सम्झाउने मान्छे नै खास हुन्छ जिन्दगीमा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !