१. गलत संगतमा हिड्नु भन्दा एक्लै हिड्नु बेस ।
२. बस एक जनालाई प्रेम गर्न मन छ जुन प्रेमले बाच्ने चाहाना दियोस छुट्ने बाहाना हैन ।
३. चिया होस या जिन्दगी थोरै होस तर मीठो होस ।
४. जब कठिन घडिमा जिन्दगीले नचाइरहन्छ तब ताली बजाउने नजिककै आफन्त र चिनेजानेका नै हुन्छन् ।
५. नजरको खासै उचाइ त हुदैन तर जो नजरबाट खस्दछ त्यो कहिल्यै उठ्दैन ।
६. सत्य कुराले एकछिन पीडा दिन्छ अनि झुटो कुराले जिन्दगीभर ।
७. न अधिकारले मिल्छ न त हतियारले मिल्छ, दिलमा ठाउँ त राम्रो व्यावहारले मिल्छ ।
८. तिमिले दिएको ऋण यति धेरै भएछ कि आशुहरुले किस्ता किस्ता मा तिर्दा पनि अपुग हुन्छ ।
९. रिसाएका होलान सबै म देखि अनि मेरो बद्लिएको ब्यावहार देखि ।
१०. सानो छ्दा घरबाट पैसा नदिदा मन दुख्थ्यो अहिले घरमा पैसा दिन नपाउदा मन दुख्छ ।
११. उसलाई जति पीडा हुन्छ मलाई नि त्यति नै पीडा हुन्छ फरक के छ त उ देखाउन सक्छ म सकिदन ।
१२. जब कसैलाई मनभएर पनि सहयोग गर्न पाइदैन नि हो तेति खेर धेरै दुख लाग्ने रहेछ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !