मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन विस

१. गलत संगतमा हिड्नु भन्दा एक्लै हिड्नु बेस ।

२. बस एक जनालाई प्रेम गर्न मन छ जुन प्रेमले बाच्ने चाहाना दियोस छुट्ने बाहाना हैन ।

३. चिया होस या जिन्दगी थोरै होस तर मीठो होस ।

४. जब कठिन घडिमा जिन्दगीले नचाइरहन्छ तब ताली बजाउने नजिककै आफन्त र चिनेजानेका नै हुन्छन् ।

५. नजरको खासै उचाइ त हुदैन तर जो नजरबाट खस्दछ त्यो कहिल्यै उठ्दैन ।

६. सत्य कुराले एकछिन पीडा दिन्छ अनि झुटो कुराले जिन्दगीभर ।

७. न अधिकारले मिल्छ न त हतियारले मिल्छ, दिलमा ठाउँ त राम्रो व्यावहारले मिल्छ ।

८. तिमिले दिएको ऋण यति धेरै भएछ कि आशुहरुले किस्ता किस्ता मा तिर्दा पनि अपुग हुन्छ ।

९. रिसाएका होलान सबै म देखि अनि मेरो बद्लिएको ब्यावहार देखि ।

१०. सानो छ्दा घरबाट पैसा नदिदा मन दुख्थ्यो अहिले घरमा पैसा दिन नपाउदा मन दुख्छ ।

११. उसलाई जति पीडा हुन्छ मलाई नि त्यति नै पीडा हुन्छ फरक के छ त उ देखाउन सक्छ म सकिदन ।

१२. जब कसैलाई मनभएर पनि सहयोग गर्न पाइदैन नि हो तेति खेर धेरै दुख लाग्ने रहेछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!