मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बाइस

१. धन सम्पतिले दिने भनेको त सुख मात्रै हो खुशी हुन त असल सम्बन्ध हुन जरुरी छ ।

२. खुशी अरुको मन दुखाएर होइन अरुको मुहार हसाएर पाउन सकिन्छ ।

३. जिउ तताउनको लागि आगो ताप्दा त हुन्छ तर मन तताउन नहुदो रहेछ, कसैको साथविना मन अक्सर कठ्यांग्रिने रहेछ ।

४. सुन्दरता मान्छेको मुहारमा होइन मन र व्यवहारमा खोज्ने गर ।

५. संसार चाहे जतिसुकै रंगिन होस मन खुशी छैन भने सबै सुनसान लाग्छ ।

६. बस यति मात्र चाहान्छु सबै कुराले भरिपूर्ण नभए पनि अर्थहिन कहिल्यै नहोस् जिन्दगी ।

७. ढिलो हुनेछ तर सहि हुनेछ समय खराब हो जिन्दगी होइन पर्खी बस्नु एकदिन सबै ठिक हुनेछ ।

८. सजिलै भुल्नलाइ तिमिलाइ बजारमा रोजोको होइन हजारौको भिडमा रोजेको हु ।

९. धनले जोडेको सम्बन्ध धन हुनुजेल मत्रै हो, मनले जोडेको सम्बन्ध जिन्दगीभर को लागि हुन्छ ।

१०. मान्छे कोहि कसैको कहिले प्यारो हुदैन रहेछ ।

११. आफुलाइ के भइ रहेको छ भनेर कहिले अरुलाइ बुझाउन नसकेर मन दुख्छ कहिले आफुलाइ बुझी दिने कोहि नभएर मन दुख्छ।

१२. मनभित्र धेरै कुराहरू खेली रहेका छ्न तर सुनिदिने कोहि छैन बस डायरी का पानाहरुमै काफी छ्न ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !