मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन तेइस

१. यी दुई अनुहार मान्छेले कहिल्यै भुल्दैनन; एक अप्ठ्यारोमा साथ दिने मान्छे र दुइ अप्ठ्यारोमा साथ छोड्ने मान्छे ।

२. छोटो जीवन, अनगिन्ती रहर, ठूलो सपना र रित्तो गोजि अनि धेरै बाध्यता यस्तै रहेछ जिन्दगी ।

३. जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ व्यवहार बदिलएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा ।

४. बोल्न सबैलाई आउँछ तर कुन ठाउमा के बोल्ने भन्ने कुरा सबैलाई थाहा हुदैन ।

५. म खुशी त छु तर खुशी देखाउन केही छैन आखामा आँसु बाहेक ।

६. सक्छौ मीठो बोल सक्दैनौ छुद्र वचन कहिले पनि नबोल ।

७. म त सबैलाई बुझछु मलाइ बुझ्ने पो कोहि छैन ।

८. सम्बन्धको लामो लाइनको जरुरत छैन मलाई बस एउटा होस जो हजारौको बराबर होस ।

९. फरक यहि थियो कि तिमि म बाहेक सबैसंग खुशि थियौ म तिमी बाहेक कसैसँग खुशी हुन सकिन ।

१०. सधै आफै खुशी हुनुपर्छ भन्ने केही छैन केही सम्बन्ध अरुको खुसिको लागि पनि तोड्नुपर्छ ।

११. खुशी त यहि कुरामा लग्छ कि अरुले मलाई खुशी देख्छ्न ।

१२. खोजेर रोजेर जोडिएको सम्बन्ध भन्दा पनि जुरेर जोडिएको सम्बन्ध अलि बढी प्रगाढ हुन्छ्न ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !