१. यी दुई अनुहार मान्छेले कहिल्यै भुल्दैनन; एक अप्ठ्यारोमा साथ दिने मान्छे र दुइ अप्ठ्यारोमा साथ छोड्ने मान्छे ।
२. छोटो जीवन, अनगिन्ती रहर, ठूलो सपना र रित्तो गोजि अनि धेरै बाध्यता यस्तै रहेछ जिन्दगी ।
३. जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ व्यवहार बदिलएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा ।
४. बोल्न सबैलाई आउँछ तर कुन ठाउमा के बोल्ने भन्ने कुरा सबैलाई थाहा हुदैन ।
५. म खुशी त छु तर खुशी देखाउन केही छैन आखामा आँसु बाहेक ।
६. सक्छौ मीठो बोल सक्दैनौ छुद्र वचन कहिले पनि नबोल ।
७. म त सबैलाई बुझछु मलाइ बुझ्ने पो कोहि छैन ।
८. सम्बन्धको लामो लाइनको जरुरत छैन मलाई बस एउटा होस जो हजारौको बराबर होस ।
९. फरक यहि थियो कि तिमि म बाहेक सबैसंग खुशि थियौ म तिमी बाहेक कसैसँग खुशी हुन सकिन ।
१०. सधै आफै खुशी हुनुपर्छ भन्ने केही छैन केही सम्बन्ध अरुको खुसिको लागि पनि तोड्नुपर्छ ।
११. खुशी त यहि कुरामा लग्छ कि अरुले मलाई खुशी देख्छ्न ।
१२. खोजेर रोजेर जोडिएको सम्बन्ध भन्दा पनि जुरेर जोडिएको सम्बन्ध अलि बढी प्रगाढ हुन्छ्न ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !