मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन छब्बीस

१. भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु यी दुई चिज बदलिन समय लाग्दैन ।

२. दुनियाँले बिरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुखमा फल लाग्छ मान्छेले त्यही रुखमा ढुङ्गा हान्ने गर्दछ्न ।

३. हरेक मान्छे बिक्छ यहाँ कति सस्तो कति महङ्गो यो उसको बाध्यताले तय गर्छ ।

४. समय सधै एकनास हुदैन पालो सबैको आउँछ, ढिलो चाडो मात्र हो आज अरुलाइ रुवाउने मान्छे भोलि आफै रुन्छ ।

५. समय परिस्थिति संगै आफ्नै साथीभाइ आफन्त टाढा हुदा निकै एक्लो महसुस हुदो रैछ ।

६. मिलेको जोडि त केवल जुत्ता र चप्पलको मात्रै हुन्छ बाकी त सब मनको भ्रम हो ।

७. छोटो समयमा लिनु परेको सहि या गलत निणयले पनि मान्छेलाइ खुब दुख दिन्छ ।

८. तिमी त कैँची रहेछौ मेरो दिललाइ टुक्राटुक्रा पारिदियौ तर म सियो थिय जो तिम्रो दिल जोडेर बसेछु ।

९. धेरै बोल्दिन, बोल्न मन नलागेर होइन कसैको चित्त दुखाउन मन नलागेर ।

१०. मौसम चिसो भएर के गर्नु मन त अझै जलेको छ कसैको यादमा ।

११. जब कमाउन थालियो तब आफ्नै रहरहरु पनि हराउदै गए ।

१२. अरुलाइ हिम्मत हार्नु हुदैन भन्दा भन्दै पनि कहिलेकाही आफै कमजोर भइदो रैछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !