१. भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु यी दुई चिज बदलिन समय लाग्दैन ।
२. दुनियाँले बिरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुखमा फल लाग्छ मान्छेले त्यही रुखमा ढुङ्गा हान्ने गर्दछ्न ।
३. हरेक मान्छे बिक्छ यहाँ कति सस्तो कति महङ्गो यो उसको बाध्यताले तय गर्छ ।
४. समय सधै एकनास हुदैन पालो सबैको आउँछ, ढिलो चाडो मात्र हो आज अरुलाइ रुवाउने मान्छे भोलि आफै रुन्छ ।
५. समय परिस्थिति संगै आफ्नै साथीभाइ आफन्त टाढा हुदा निकै एक्लो महसुस हुदो रैछ ।
६. मिलेको जोडि त केवल जुत्ता र चप्पलको मात्रै हुन्छ बाकी त सब मनको भ्रम हो ।
७. छोटो समयमा लिनु परेको सहि या गलत निणयले पनि मान्छेलाइ खुब दुख दिन्छ ।
८. तिमी त कैँची रहेछौ मेरो दिललाइ टुक्राटुक्रा पारिदियौ तर म सियो थिय जो तिम्रो दिल जोडेर बसेछु ।
९. धेरै बोल्दिन, बोल्न मन नलागेर होइन कसैको चित्त दुखाउन मन नलागेर ।
१०. मौसम चिसो भएर के गर्नु मन त अझै जलेको छ कसैको यादमा ।
११. जब कमाउन थालियो तब आफ्नै रहरहरु पनि हराउदै गए ।
१२. अरुलाइ हिम्मत हार्नु हुदैन भन्दा भन्दै पनि कहिलेकाही आफै कमजोर भइदो रैछ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !