मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सत्ताइस

१. यो न सोच्नुस कि अरुले हारोस बरु यो सोच्नुस कि म कसरी जित्न सक्छु ।

२. माया थियो र त मरिहत्ते गर्थे नत्र मेरो जीवनमा पनि समय बिताउने मान्छेहरु न आएका होइनन् ।

३. झुट बिक्छ तर टिक्दैन सत्य टिक्छ तर बिक्दैन ।

४. भाग्यलाइ खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु यी दुई चिज बदलिन समय लाग्दैन ।

५. मोबाइलले पनि सोच्छ होला कस्तो हातमा परेछु एउटा फोन म्यासेज नि आउदैन भनेर ।

६. सानोतिनो कुरामा मन नदुखाएकै राम्रो किनकि यसले फाइदा हैन घाटा चाहिँ गर्छ ।

७. तिमी सिर्फ कहानी थियौ जिन्दगी सोच्नु सायद मेरै गलित थियो ।

८. कहिल्यै टाढा नहुने बाचा गर्नेहरुले नै अक्सर सबैभन्दा पहिले साथ छोडिदिन्छ ।

९. अचम्म छ हाम्रो समाज मान्छेलाई हेला गर्छन अनि ढुङ्गा लाई पुजा गर्छन ।

१०. कालो धन भएका मानिस भन्दा कालो मन भएका मानिस खतरनाक हुन्छन् ।

११. गरिवी देखेर गरिवको खिल्ली नउडाउनु होला गरिव हुन समय लाग्दैन ।

१२. जीवन साथी धनी होस नहोस् हेर्दा सुन्दर होस नहोस मतलब भएन तर इज्जत र माया गर्ने चाहिँ होस ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !