१. अब यसरी बदलिन मन छ कि वरिपरिका मान्छेहरुले पनि नपत्याउन ।
२. खोट अनुहारमा हुँदा अनुहार सफा गर्ने हो, ऎना हैन ।
३. गरिब छु म सुखले महलमा राख्न त सक्दिन होला तर यो गरिबको झुपडिमा तिमिलाइ कहिल्यै दुखी पनि हुन दिन्न ।
४. जिम्मेवारिको बोझ, धनको खोज, अनि परिवारको सोचले जिन्दगी सकिने रहेछ ।
५. भो नसिकाउ मलाइ मायाको परिभाषा म त मायामा अनपढ परे ।
६. जिन्दगी यति धेरै व्यस्त बनाउनु छ कि तिमिलाइ याद गर्ने फुर्सद नै नहोस ।
७. साँचो बोल्छु त्यसैले सबैको सामु नराम्रो हुन्छु झुट बोलेको भए सायद सबैको मन जित्थे होला ।
८. धनी जिबनसाथी खोज्ने होइन आफ्नै हैसियतको जिबनसाथि खोज्ने अनि संगसंगै धनी हुने हो ।
९. मर्नका लागि अनेक बाटाहरु छ्न तर जन्मने एउटै बाटो छ आमा ।
१०. यस्तै रहेछ जिन्दगी सानो हुदा अक्षर चिन्नै गर्हो ठूलो भएपछी मान्छे चिन्न गर्हो ।
११. मान्छे लाई दुख मात्र पर्नु पर्छ ठिक्क पार्ने र माया गर्नेको रङ्ग पनि देखिन्छ ।
१२. मन सफा अनि बोली मीठो हुनुपर्छ हजुर कुरा काट्नेहरु त हरेक पाइला पाइला मा हुने गर्छन ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !