१. समयले हामिलाइ कहिलेकाही अप्ठ्यारो मोडमा ल्याइदिन्छ त्यसैले त असली आफन्त र साथिभाइ चिन्ने मौका मिल्छ ।
२. हेर्ने नजरमा भर पर्नेकुरा हो नत्र खोट त हरेकमा केही न केही अवश्य हुन्छ ।
३. हिड्ने बाटोमा काडाहरु त धेरै नै भेटिन्छ्न तर बाटो हिड्दा त्यो काडा पन्छाएर हिड्नु पर्छ ।
४. जमना बदलिएको भनेको सायद यहि होला मान्छेहरु आजकल हालखबर सोध्दैनन सोध्छ्न त केवल हैसियत ।
५. मान्छे परिस्थितिले होइन मनस्थितिले टुट्छ ।
६. कसैले सम्झिएन भनेर तिमी पनि उसलाइ कहिल्यै नभुल किनकि सम्बन्ध निभाउने हरु कहिल्यै टक्कर गर्दैनन ।
७. सारै दुख लाग्ने रैछ है आफ्ना हरु टाढा हुदा ।
८. होला कसैको खास छैन तर व्यती बकबास पनि छैन ।
९. सम्हालिएर जिउन सिक गिराउन खोज्नेहरु एक दिन होइन हरेक दिन भेटिन्छ्न ।
१०. मान्छे तब खराब बन्न बाध्य हुन्छ जब मान्छेहरुले उसको राम्रोपन को फाइदा उठाउन थाल्छ ।
११. मान्छेको मन होस वा कपडा पुरानो भएर केही हुदैन बस सफा चै हुनु पर्छ ।
१२. जिन्दगीको भर छैन मृत्युको सिजन चल्दै छ त्यसैले भेट हुने संग एक वचन मीठो बोल्दिनुस भोलि के हुन्छ कसलाइ के थाहा छ र ?


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !