मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सैंतिस

१. एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर एउटा अधुरो सपनाले जिन्दगीभर ।

२. दुनियाँको अगाडि प्रदर्शन गर्न मात्र नमिल्ने हो तर यहाँ हरेक जानेर होस या अन्जानमा गल्ती गरिरहेका छ्न ।

३. अब त्यो ठाउमा पुग्ने लक्ष्य छ जहाँ कोहि आफन्त नहोस र अतितको याद नआओस ।

४. च्यात्तिएको भाग्य सिलाउदा सिलौदै अनि छरिएका रहरहरु मिलाउदा मिलौदै जिन्दगी बितेको थाहा नै नहुदो रहेछ ।

५. भन्दा गफ लगाए जस्तो हुन्छ तर अमेरिकी रास्ट्रपति जो बाइडेन र म एउटै घाम ताप्छौ जाडो महिनामा ।

६. इज्जत अनि पैसा यो दुई कुरा हुदैन तब बाच्न गर्हो पर्छ ।

७. न कसै संग मित्रता जोड्न मन छ न कसै संग दुश्मनी गर्न मन छ आफू जस्तो छु त्यसैमा रमाउन मन छ ।

८. जुन चिज पाउने आश हुदैन सबै भन्दा धेरै उसैको माया लाग्छ जस्तो मेरो लागि तिमी ।

९. अक्सर मान्छेहरु उसैको पछि लाग्छ्न जसले उस्लाइ बडि प्रयोग गर्छ ।

१०. मान्छेलाई आफ्नो पीडा सुनाउन छाड्नुस नभए यहाँ माया इज्जत हैन हेप्न थाल्दा रहेछ्न ।

११. समयले छुटाएकाहरु सँग त फेरि कुनै दिन भेट होला तर स्वार्थले छुटिएकाहरु सँग त भुलेर पनि कहिले भेट नहोस् ।

१२. चलिराछ जिन्दगी तर न त सोचे जस्तो न त चाहे जस्तो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !