मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन उनान्चालीस

१. बैगुनिलाइ गुन लगाउनु पर्छ भन्दैमा खुट्टामा ठेस लाग्ने सबै ढुङ्गालाई झोलामा बटुल्दै हिड्न त भएन नि ?

२. घर र आगन ठूलो भए छिमेकिले मात्रै चिन्छ मन ठूलो भए संसारले चिन्छ त्यसैले घर होइन मन ठूलो बनाउन सिक्नुस ।

३. भरिएको खल्ती चारै तिर चल्ती, अनि खाली ख्ल्ती जे गरे पनि गल्ती ।

४. रमाउने उमेरमा कमाउनु परेको छ के रमाइलो हुनु खै जिन्दगी ।

५. परिवारको खुसी खोज्दा खोज्दै आफ्नो खुसी त कता बिलाए बिलाए ।

६. जिन्दगीमा सिकेको एउटा कुरा तपाइँलाई कसैले हराउन सक्दैन जब सम्म तपाईं आफै सग हार मान्नु हुन्न ।

७. मान्छेले नबुझेर मात्रै हो संसारमा आमा भन्दा बढी माया गर्ने मान्छे कोहि हुदैन ।

८. आफ्नो मान्छेको पनि ख्याल राख्ने गर्नुस नत्र पराइ बन्न धेरै समय लाग्दैन ।

९. पैसा छ त प्रेम छ केटि हरुको जिबनमा राजकुमार आउने गर्छन मजदुर हैन ।

१०. रुवाउन त हरकोही लाई आउँछ तर फकाउन सबैको बसको बात हुदैन ।

११. सम्हाल्न सिक्नुस आफैलाइ किन्की चोट दिने मान्छेहरु त पाइला पाइलामा भेटिन्छ्न ।

१२. दिल बाट याद गर्ने मान्छे चाहिएको छ मलाइ जरुरत पर्दा त हरकोही याद गर्ने गर्छन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !