मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चालिस

१. म जे छु जस्तो छु त्यस्तै ठिक छु कसैको नजरमा राम्रो बन्न म आफुलाइ परिबर्तन गर्न चाहान्न ।

२. गुन लगाउने जमाना छैन अचेल किनकि सुनको भाउ मात्रै आकासिएको हो गुनको भाउ त अझै नि कौडी कै छ ।

३. आफ्ना हरु त आफ्ना हुदैनन पराइ लाई आफ्नो बनाउन खोजेर के हुनु ?

४. कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

५. च्यातिएको गाता र दुखमा काम नलाग्ने नाता को केही काम छैन ।

६. फ्री मा पाउने त धोका मात्र हो आज भोलि पनि किन्न पनि पैसा चाहिन्छ ।

७. सम्झदारी कुरा या त धेरै उमेर भएकाले गर्छन या त सानै उमेरमा धेरै चोट खाएकाले गर्छन ।

८.हो म आफै बदलिए किनकि मलाइ अरुले जस्तो बदला लिन आउदैन ।

९. लभ गर्नु ठूलो हैन जब गर्नु ठूलो हो याहा याहा लब ले जब ले चल्छ जिन्दगी ।

१०. सम्बन्ध जोड्न हैन नाता तोड्न लाई सारै सिपालु हुन्छ्न मान्छे ।

११. मनको खुसी ठूलो हो हजुर रहर त सबैको कहाँ पूरा हुन्छ र ।

१२. धन सम्पतिले दिने भनेको त सुख मात्रै हो खुसी हुन त असल सम्बन्ध हुन जरुरी छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !