मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बयालीस

१. चाहेको चिज पाउन नसकीयोस केही छैन तर पाएको चिज गुमाउन नपरोस ।

२. मिलेको जोडि त केवल जुत्ता र चप्पलको मात्रै हुन्छ बाकी त सब मनको भ्रम हो ।

३. जिन्दगीको हात त हुदैन तर पनि कहिले काहीँ यस्तो थप्पड लगाउछ कि पूरा जिवन याद हुन्छ ।

४. सानोतिनो कुरामा मन नदुखाएकै राम्रो किनकि यसले फाइदा हैन घाटा चाहिँ गर्छ ।

५. अचम्म छ हाम्रो समाज मान्छेलाई हेला गर्छन अनि ढुङ्गा लाई पुजा गर्छन ।

६. रिसले हैन दिमाग लाई ठन्डा बनाएर अगाडि बढने हो जिन्दगीमा ।

७. धेरै समय तपाईं टाढा हुनुस मान्छेहरुले अर्को खोज्छ्न तर तपाईंको खोजी कसैले गर्दैनन ।

८. जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन तर पनि भन्छु जिन्दगी भर साथ दिन्छु ।

९. सम्बन्धको लामो लाइनको जरुरत छैन मलाई बस एउटा होस जो हजारौको बराबर होस ।

१०. म एक्लो भको हैन समय अनि परिस्थिति ले मलाइ एक्लो बनायो ।

११. केही समय बस्ने गर बुढापाकाहरुको माझ हरेक कुरा गुगाल मा भेटिदैन ।

१२. जरुरी छैन कि टुट्नको लागि पथर र सिसा नै आवश्यक पर्छ व्यवहार बदिलएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !