मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पैतालिस

१. सम्बन्ध आफ्नो फाइदा अनि स्वार्थको लागि हैन दुख पर्दा साथ र सहयोग को लागि गास्नुस ।

२. उस्ले त बोलाउदैन म किन बोलाउने ? बस यहि घमण्डले कतिपय सम्बन्ध टुंगिन्छ ।

३. ठूलो ठूलो आसले हैन साना साना खुसिले रङ्गिन हुन्छ मान्छेको जिन्दगी ।

४. आहा गर्ने र डाहा गर्ने ढुबै मान्छे चाहिन्छ नत्र प्रगती कस्को लागि गर्नु ?

५. सायद येस्तै रैछ जिन्दगी रुदा आँखा दुख्छ नरुदा मन ।

६. बाच्नलाइ सहास अनि हास्न लाई सन्तोष चाहिन्छ तर शत्रु नभएको त कोहिहुदैन यो सन्सार मा ।

७. जिन्दगीले येस्तो मोड मा लग्यो जाहा कसैको साथ थियो न कोहि खास थियो ।

८. भाग्यमा जे छ त्यो कसैले खोस्न सक्दैन र भाग्यले जे खोसेको छ त्यो कसैले दिलाउन सक्दैन ।

९. बालापन जस्तै टाढा भाग्दै गए पर्वका रंग अनि उमंग हरु ।

१०. तिम्रो नजिक हुनै नचाहेको कहाँ हो र तिमी नै टाढा टाढा भएकोले मात्रै हो ।

११. एक दिन म यत्तिकै मर्छु अनि उसलाइ लाग्ला कि म offline छु ।

१२. जब सम्म खरानी भेदैन तब सम्म कसैको नजरमा राम्रो भेदैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!