मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सतचालीस

१. सम्बन्ध मनले जोड्छ मुखको बोलीले हैन । केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्, कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन ।

२. मनमा चोट त त्यतिबेला लाग्छ जब त्यो मान्छेले तिमीलाई बेवास्ता गर्न थाल्छ जसको लागि तिमीले पुरै दुनियाको मतलब गरेको थिएनौं ।

३. जिन्दगी दुई दिनको हो; एकदिन तपाईको पक्षमा र अर्को दिन तपाईको विपक्षमा हुन्छ । त्यसैले जुनदिन तपाईको पक्षमा हुन्छ त्यो दिन घमण्ड नगर्नु र जुनदिन तपाईको विपक्षमा हुन्छ त्यो दिन हतास नहुनु ।

४. राम्रो ब्यबहारको मूल्य सायद पैसामा नहोला तर एउटा राम्रो ब्यबहारले करोडौ मान्छेहरुको मन किने सामर्थ्य राख्दछ ।

५. आफ्नो सफलता माथी यति घमण्ड पनि गर्नु हुदैन कि त्यो तपाइँ माथीनै भारी परोस किनकि अक्सर ढुंगा पानीमा आफ्नै भारको कारणले डुब्ने गर्छ ।

६. भनिन्छ तिती औषधि चपाउनु हैन सिधै निल्नु पर्छ ताकी मुख तिती नहोस । त्यसैगरी जिन्दगीमा पनि अपमान, असफलता, धोका जस्ता अनेक तितो कुराहरु आउन सक्छन, त्यतिबेला पनि ति कुराहरुलाई सिधै निलेर अगाडी बढ्नु पर्छ ।

७. हरेक शब्दमा ‘अर्थ’ हुन्छ र हरेक अर्थमा ‘तर्क हुन्छ; सबैले भन्छन ऊ हाँस्दै छ धेरै तर हाँस्नेहरुको दिलमा पनि ‘दर्द’ हुन्छ; एक थोक जाने मैले- राम्रो समयमा अन्जानले पनि साथ दिन थाल्छ, कठिन समयमा साथिहरु पनि टाल्न थाल्छ ।

८. केवल देखाउनको लागि राम्रो बन्नु भनेको सायद खराब हुनुभन्दा पनि खराब हो ।

९. संसारमा सबैभन्दा ठुलो ताकत भनेको मान्छेको विवेक र बिचार हो, यदि यी दुई कुरा सबैको ठिक भएको भए, दुनियाँमा सबै मुहार खुशी हुन्थ्यो ।

१०. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

११. मान्छेले भन्छन कि, कोही एक जना जादा हाम्रो जिन्दगी रोकिदैन तर लाखौं आउँदा पनि त्यो एकको कमी पूरा हुदैन ।

१२. कसैको रुप छ भन्दैमा उसको मन पनि राम्रो छ भनेर नसोच्नु किनकि याद गर्नुहोस, सबै टल्किने चिज हिरा हुदैनन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !