मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठचालिस

१. सहि गलत केही होइन तिम्रो नजरमा तिमी सहि अनि मेरो नजरमा म सहि ।

२. भाग्यले एउटा बाटो देखाउछ अनि परिस्थितिले अर्को ।

३. मुस्कानको कुरा नगर भित्री चोट सहेर पनि हास्ने हैसियत को मान्छे हु म ।

४. खराब हुदैनन् सबै चुरोट खानेहरु असल हुदैनन् सबै मन्दिर जानेहरु ।

५. पहिले तिमिलाइ अङ्गाल्ने यी हातहरुले अहिले तिम्रा यादहरु अङ्गालिरहेका छ्न ।

६. हामी सारा दुनियाँको लागि बकबास भएपनी केही एकको लागि भने बहुत खास हुने रहेछौ ।

७. आफूसंग भए सम्म मात्र हो दुनियाँ नत्र आफुलाइ नै आफ्नो खाचो छैन जस्तो लाग्ने गर्छ ।

८. जसले जसरी हेर्छ त्यस्तै छु म ।

९. भाग्य कमजोर हुने मान्छेहरू नै अक्सर मुस्कुराउने गर्छन दुनियाँमा ।

१०. घमण्ड र क्रोधले भरिएको हृदयमा प्रेमको कुनै ठाउँ हुदैन ।

११. माया गर तर आफ्नो आत्मसम्मान गुमाएर माया नगर ।

१२. पहिला रात हुन्थ्यो बात हुन्थ्यो अहिले नि रात हुन्छ तर बात हुदैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !