मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पचास

१. हतियारले भन्दा गहिरो चोट मान्छेको वचनले लाग्छ ।

२. दुख पर्नुपर्छ आफुलाइ अनि चिनिन्छ आफ्नो पराइ को हो भनेर यहाँ ।

३. दिल खोलेर हरकोहीसंग नबोल्नु विश्वास गरिएका सबै आफ्ना हुदैन रहेछ 

४. पैसा नहुदा पराइले मात्र होइन यहा आफ्नाले पनि हेप्छ्न ।

५. चर्को बोल तर मीठो बोल मीठो बोलिले सबैको दिल जित्छ ।

६. मोड आएपछि मोडिनु नै पर्छ त्यसलाइ बाटो फेरेको भनिदैन ।

७. आश गरेर हैन आफुमा विश्वास गरेर जिउनुहोस ।

८. समयलाई दोष दिने हैन बरु आफू बदलिएर देखाउने हो ।

९. कति नाता यस्तो हुन्छ कि नत आफ्नो भनेर हक जमाउन सकिन्छ नत पराइ भएको नै हेर्न सकिन्छ ।

१०. बढदै गरेको जिम्मेवारि अनि घट्दै गरेको आयुले उठाउछ हरेक बिहानी ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !