मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बाउन्न

१. चोट होस् तर चोट सहेर पनि केही गरेर देखाउने रहर छ मलाई ।

२. दुनियाँको सबैभन्दा ठूलो शक्ति भनेको सकारात्मक सोच हो जुन सबैसंग हुदैन ।

३. कसैले सोधे भने बोल्ने कोहि नभएर आकाशको तारा गन्दै बसिरहेछ भन्दिनु है !

४. बुझाउने धेरै भेटे तर बुझिदिने कोहि भेटिन जिन्दगीमा ।

५. माया सबैलाइ गरिन्छ तर माया सबैलाइ एकै प्रकारको गरिदैन ।

६. त्यो मान्छेसंग बचेर हिड्नुहोस जसको दिलमा पनि दिमाग हुन्छ ।

७. मनको लेखौ त शब्द रिसाउछ अनि साचो लेखौ त आफ्ना रिसाउछ्न ।

८. आउ बरु खुलेआम दुश्मनी गर तर देखावटी दोस्ती नगर ।

९. सुखले मान्छेलाइ मख्ख बनाउछ भने दुखले मान्छेलाइ परिपक्क बनाउछ ।

१०. घर झुपडी होस या महल आफ्नो घर सबैलाइ प्यारो लाग्छ ।

११. मेरा सबै इच्छाहरु पूरा गर्न सक्ने कोहि एउटा मान्छे होस ।

१२. दिल र दिमाग कुन ठाउमा गएर बद्लिन्छ ठेगाना नहुदो रहेछ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!