१. आफ्नो बुवाको सम्पत्तिमा घमण्ड गर्नुभन्दा, आफूले कमाएको सम्पत्तिमा बुवालाई घमण्ड गर्न दिनुहोस् ।
२. जीवन आफैले बनाउने चित्र हो, मेहेनत गरेर बनाए सुन्दर चित्र बन्छ, अल्छी गरे बिचित्र ।
३. कमजोर व्यक्तिले कहिले क्षमा दिन सक्दैन, क्षमा दिने त बलबान व्यक्तिको स्वाभाव हो ।
४. आफ्नै कुरा सहि हो भनेर जिद्दी गर्दै जित्ने मान्छे जीवनमा छिट्टै हार्दछ ।
५. यदि छुट्टिएर खुशी मिल्ने भए खसेका पातहरु कहिले ओइलाउने थिएनन् ।
६. जीवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन, कोहि आएर शितलता छर्छन त कोहि गएर उज्यालो ।
७. सबै भन्दा ठुलो पाप आफुलाइ कमजोर सम्झनु हो ।
८. बिहानको एउटा मिठो हासोले पुरा घरलाई उर्जा दिन्छ।
९. सागर हौ नारी तिमी प्यासी नबन, सृजना हौ नारी तिमी दासी नबन।
१०. तपाईं सङ्घर्ष गर्दैहुनुहुन्छ को मतलब यो हैन कि तपाईं असफल हुँदै हुनुहुन्छ।
११. धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ ।
१२. कुर्कुचा उठाउदा उचाइ बढेको आभास मात्र हुने हो, कतिपय ठाउमा त शिर झुकाएर नै उचाइमा पुग्ने गरिन्छ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
nic
Nice