मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सत्तरी

१. जित उसैको हुन्छ जसको विश्वास र इच्छाशक्तिमा जित हुन्छ।

२. जब अरू कसैको खुसी नै तिम्रो खुसी हुन्छ, तब त्यो प्रेम हो ।

३. घृणाले बनाएको चोटको खत नराम्रो देखिन्छ भने मायाले बनाएको चोटको खत राम्रो देखिन्छ।

४. यदि तपाईले प्रकाश भेटिरहनु भएको छैन भने आफै सुर्य भैदिनुस्।

५. को शक्तिशाली को कमजोर भनेर भेदभाव नगर्दा नै राम्रो, खेल सकिएपछि त चेसका सबै खेलाडीहरुलाई पनि एकै डब्बामा राखिन्छ।

६. शिल्पकारले ढुङ्गाबाट मुर्ति निकाल्ने हैन, ढुङ्गामा पहिल्यै देखि मुर्ति हुन्छ, शिल्पकारले त धेरै भएका ढुङ्गाहरुलाई हटाउने मात्र हो।

७. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ।

८. तिमीले अरू सबैले पढ्ने किताबहरू मात्र पढ्यौ भने तिमी अरू सबैले सोच्ने कुरा मात्र सोच्न सक्छौ।

९. भोको पेट, खाली गोजी र झुटो प्रेमले मानिसलाई धेरै कुराहरू सिकाएर जान्छ।

१०. जीवनमा सन्तुष्टि हुन सिक्ने मानिसलाई ज्यादा धनको ।

१२. कागति निचोर्दा कागतिको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाको, जसको भित्र जे छ त्यहि बाहिर आउने हो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • i like this application! सकारात्मक समाजका लागि यस्तै योगदानहरु लगानी गर्नुपर्छ आफ्नै देशमा। सेवामुखी कार्यका लागि धन्यवाद एडमिन ज्यु!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !