मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चौहत्तर

१. सुख बिहानी जस्तै हुने गर्छ मागेर हैन जागेर पाइन्छ ।

२. मेरो दिल सिसा को थिएछ तिम्रो पथरको टुट्न त स्वभाविक नै थियो ।

३. जब गल्ती गर्ने मान्छे नै रहेन भने उस्को गल्ती लिएर के गर्ने ।

४. दिन मात्र हैन हजुर रातले नि बिझाउने गर्छ कसैलाइ बिर्सेर निदाउन त्यति सजिलो छैन ।

५. धेरै टाढा जान सक्छु दुनिया देखि तर तिमी देखि टाढा हुन मुस्किल छ ।

६. पहिलोपटक देखेथे तिमी लाई अरुभन्दा फरक थियौ तर मेरो दिल चोर्ने तिमी पहिलो लुटेरा थियौ ।

७. थाहा भएन मेरो जीवन् सुरु काहा बाट भयो तर चाहना छ मेरो अन्त्य तिमी मा आएर होस ।

८. एकै छिनको भए पनि मीठो थियो निदमा देखेको सपना अनि तिम्रो साथ ।

९. कसैले सुनाइ दिनु उसलाइ मरेर गयो जो हरेक दिन उसको लागि मर्ने गर्थ्यो ।

१०. मेरो एक्लोपन आजभोली मालाइ नै भन्ने गरेको छ मलाइ नै माया गर म त धोकेबाज छैन नि

११. जीवन् त सस्तो नै हुन्छ तर बस जिउने तरिका महङ्गो हुन्छ ।

१२. कहाँ सोचेको थिए र यो फकाउने र रिसाउने खेलमा मेरै हार हुन्छ भनेर ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !