मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बयासी

१. आखिर घमण्ड के का लागि मरेको लास पनि देख्न नपाउने जमाना आइसक्यो ।

२. त्यही मान्छेको मन टुट्छ जो अरुको मन राख्नको लागि भएपनि हास्ने गर्छ ।

३. अँखाले देखेको होइन मनले देखेको माया चोखो हुन्छ त्यसैले त मनवाट गरेको माया सधै सुन्दर हुन्छ ।

४. जुन मान्छे बाहिर निकै हासेको हुन्छ त्यो मान्छे भित्रबाट रोएको हुन्छ ।

५. आजकाल मान्छेको दिलमा भिडभाड ज्यादा छ त्यसैले एक्लै बस्न मन पराउछु ।

६. घमण्डले भरिएको हृदयमा प्रेमको कुनै ठाउँ हुदैन ।

७. आँखा देखि बाहिर नसक्ने आशुले भित्र तवाही मच्चाइदिन्छ ।

८. आकाशबाट पानी परे छाता ओड्न सकिन्छ अँखाबाट आँसु झरे के गर्ने ?

९. धनमा धेरै आगो हुन्छ त्यसैले सबैभन्दा पहिले सम्बन्ध जलेर खरानी हुन्छ ।

१०. चाहाना हुने मान्छेले समय निकाल्छ्न अनि नहुने मान्छेले बाहाना देखाउछ्न ।

११. जतिनै प्रतीक्षा गरेपनी वदलिएका मानिसहरु कहिल्यै फर्किदैनन ।

१२. इज्जत कमाउनलाइ पैसा खर्च गर तर पैसा कमाउनलाइ इज्जत खर्च नगर ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !