शिक्षा दर्शन

शिक्षाको महत्व (संस्कृत श्लोक र सो को नेपाली अर्थ)

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥

शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।

माता शत्रुः पिता वैरी येन बालो न पठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ॥

बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन्; किनभने अपठित बालबालिका पछि गएर विद्वत सभामा, हाँसको बथानमा बकुल्ला जस्तो अशोभनीय लाग्छन् ।

विद्या ददाति वनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म तातः सुखम् ॥

विद्याले व्यक्तिलाई विनम्रता प्रदान गर्छ । विन्रमताले मानिसलाई सुयोग्य बनाउछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख-शान्ति प्राप्त हुन्छ ।

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगाः ॥

कार्यसिद्ध गर्न परिश्रम गर्नुपर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफै पसिदिँदैन ।

न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ॥

‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुदैन । परित्रम नगरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।

प्रतिक्रियाहरु

Leave a Reply to Hari Prasad Chhwaju Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!