विविध

तनाव बाट छुटकारा पाउने १५ तरीका

भनिन्छ चिन्ता चिता हो । चिन्ताले तपाइँकको मानसिक विगार मात्र गर्दैन, शारीरिक, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक असर पनि पार्दछ । तनावमा विताएको समय हाम्रो छोटो जीवनको अवधिमा खेर गएको समय हो । तर जीवनको उतार चढावमा हामी जति नै प्रायश गर्छौं तनाव मुक्त हुन तर पनि सधै एकैनासको हुदैन । समस्या परिहाल्छ, तनावले घेरिहाल्छ । समस्या बगेरको जिन्दगि त कसैको हुदैन तर त्यसको प्रभावको व्यवस्थापनको तरिका थाहा नहुनाले हामि तनावमा रहिरहन्छौ । स्ट्रेस म्यानेजमेन्ट पनि एउटा कला हो । हामीले तल १५ यस्ता सरल तरिकाहरु सिकाएका छौ जसको मद्दतले तपाई आफ्नो जीवनमा तनावलाइ न्यूनीकरण गर्न समर्थ हुनुहुनेछ ।

१. यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।

२. खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।

३. आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।

४. यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५. नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।

६. नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

७. मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।

८. टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।

९. पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।

१०. यदि फेसवुक जस्ता सामाजिक संजाल चालाउनुहुन्छ भने पनि सदैव सकारात्मक पोष्ट तथा उर्जावान कुराहरु मात्र पढ्नुहोस ।

११. यदि एक्लै हुनुहुन्छ भने YouTube मा अन्यको संघर्षको कथा पढ्नुहोस, उर्जावान संदेशहरु हेर्नुहोस, र आफ्नो आत्मविश्वासलाइ बढाउदै लैजानुहोस ।

१२. सकेसम्म विगतलाई सम्झने कोसिश नगर्नुहोस, आफ्नो कमजोर पाटोमा पटक्कै ध्यान नदिनुहोस, सधै ख्याल राख्नुहोस् एउटा ढोका बन्द भयो भने अवश्य आर्को खुल्नेछ ।

१३. जीवनमा सकेसम्म सर्त नाजोडनुहोस्, unconditional happiness भन्छन नि यो भइदिएको भए त्यो भइदिएको भन्ने नगर्नुहोस । अनि आफ्नो तुलना अरुसंग गर्दै नगर्नुहोस, संसारमा तपाइँ जे हुनुहुन्छ राम्रो हुनुहुन्छ कसैसँग तुलना गर्नु आवाश्यक छैन ।

१४. कृतिमता छोडेर प्रकृतिमा रमाउनुहोस, प्रकृतिसँग हरेक चोटको मल्हम हुने गर्दछ । हरियाली राम्नुहोस, बादल हेरेर बग्नुहोस, चरा संगै उद्नुहोस, हावासँगै स्वतन्त्र हुनुहोस ।

१५. भावनालाई नियात्रामा राख्नुहोस् । बहकिने मनलाई विवेकको डोरीले कसेर राख्ने प्रयास गर्नुहोस् ।

तब तनाव तपाई जीवनबाट टाढा हुदै जानेछ अनि सो को ठाउँमा शान्ति र उर्जाले भरिनेछ । प्रयास त गरिहेर्नुहोस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!