प्रेरक भनाइहरु विविध विषय विशेष भनाइहरु

तनाव व्यवस्थापन कसरी गर्ने ? – १२ भनाइहरु

१२. यदि तिमीलाई कुनै चिज मन पर्दैन भने त्यसलाई बदल, यदि बदल्न सक्दैनौ भने आफ्नो सोचलाई बदल । – माया एन्जेलाउ

११. तनाव उपरको सबैभन्दा सार्थक हतियार भनेको एउटा सोच माथी अर्को सोच राख्न सक्नु हो । – विलियम जेम्स

१०. यदी बाहिरि चिजले तिमीलाई चिन्तित तुल्याएको छ भने पिडा हुनुको कारण बाहिरी चिज होइन बरु तपाईको आफ्नै सोचाइले हो । र खुसीको कुरा के छ भने यस्तो खालको सोचलाई तपाईले तत्काल त्याग्न सक्नुहुन्छ । – मार्कस औरेलियास

९. हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ । – मदर टेरेसा

८. चिन्तामा गरिएको भोजन भन्दा त शान्तसँग खाइएको खाना नै सर्वोत्तम हुन्छ । – एसप

७. हामीलाई मार्ने भनेको हाम्रो तनावले होइन बल्कि हामीले यसप्रति देखाउने प्रतिक्रियाले हो । – हान्स सीले

६. आराम गर्ने समय त्यतीबेला हो जतिबेला तिमीसंग कुनै समय हुदैन भागदौडमा व्यस्त रहेका हुन्छौ । – सिड्नी जे ह्यारिस

५. सही प्रवृत्ति छनौट गर्नुले पनि नकारात्मक तनावलाई सकारात्मक तनाव तर्फ बदल्ने काम गर्दछ । – हान्स सीले

६. यदि तिमीले यसलाई परिवर्तन गर्न सक्दैनौ भने त्यो प्रतिको तिम्रो सोचाइलाई परिवर्तन गर । – मेरी एन्जेल्बेरीट

५. केही पनि नगरी बस्नुको जुन मुल्य छ त्यसलाई नजर अन्दाज गर्ने नगर । – ए. ए. मिल्ने

४. आज देखि म जुन घटना उपर मैले केही गर्न सक्दिन त्यसमाथि चिन्त्तित हुन छोडिदिन्छु । – अज्ञात

३. तिमिले बोक्ने भारीले तिमीलाई तल झार्ने होइन बरु तिमीले कसरी बोकेका छौ त्यो बोक्ने तरिकाले तीलई गिराउने हो । – लाउ होल्त्ज

२. जति कम तिमीले अरुले के सोच्छन भन्ने बारेमा ध्यान दिन छोड्छौ उति नै तिमिले आफ्नो जीवन राम्रो भएको पाउदछौ । – अज्ञात

१. तनाव न्यूनिकरणका यी नौ कुराहरु ख्याल राख्नु; १, एकान्तमा मजाले नाच । २, बाहिर टहल्न निस्किअ । ३, यसको बारेमा छलफल गर । ४. लामो स्वास लिने गर । ५. छिटै सुत्ने गर । ६. जे कुरालाई नियन्त्रण गर्न सकिन्छ त्यसमा ध्यान लगाउ । ७. राम्रो समयको बारेमा सोच्ने गर । ८. अंकमाल गर । ९. मुस्कुराउन नछोड ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!