१. म चरा सरी गाउँन चाहन्छु, अरुले मेरो गएन सुनोस वा नासुनोस कुनै वास्ता नराखिकन ।
२. जब संसारले तिमीलाई घुँडा टेकाउन बाध्य पार्दछ तब सम्झनु कि यो नै भगवानको निम्ति प्राथना गर्ने सहि समय हो ।
३. जब तिमि कुनै पनि काम आफ्नो आत्मा देखि नै गर्दछौं तब आफ्नो आत्मामा आनन्दको प्रावाह पाउदछौ ।
४. म सँग पहिले हजार चाहानाहरु थिए, तर जब मलाई तिमीलाई जाने चाहना जाग्यो तब बाकीं सबै चाहनाहरु पग्लिएर गए ।
५, चोट त्यस्तो छिद्र हो जहाँबाट प्रकाश तिम्रो आत्मामा प्रवेश गर्दछ ।
६. तिम्रो हृदय संसारको सबैभन्दा सुन्दर स्थान हो जहाँबाट जीवनको सुरुवात हुन्छ ।
७. प्रेम त्यो पुल हो जसले तिमि र बाकीं संसारलाई जोड्ने गर्दछ ।
८. यो बाटो तिम्रो आफ्नो हो, तिमि एक्लैको, अरु कोहि तिमिसँगै हिडिदिन सक्छन तर कोहि पनि तिम्रो निम्ति हिडीदिने छैनन् ।
९. जब अघिको दरवाजा यति खुला छ भने तिमि किन अझै जेलमा बाधिन चाहन्छौं ?
१०. अन्तिमसम्म रहिरहने सुन्दरता भनेको हृदयको सुन्दरता हो ।
११. ब्रह्माण्ड तिम्रो बाहिर छैन, त्यो तिमि भित्र नै छ । आफूभित्र नियाल तिमीले जे खोजिरहेका छौ त्यो आफूभित्र नै भएको पाउनेछौ ।
१२. यदि तिम्रो हृदयमा ज्योति झलमलाइ रहेको छ भने अन्धकारमा पनि तिमि आफ्नो गन्तव्यसम्म जान सक्नेछौ ।
१३. हरेकको हृदयमा जे रोपिएको छ कालान्तरमा त्यो अवश्य फक्रने छ ।
१४. सत्य यहिनै हो- तिमि जसलाई प्रेम गर्छौं तिमि स्वयं त्यहि नै बन्नेछौ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !