प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

दुखलाई कसरी जित्ने ? केही उत्कृष्ट भनाइहरु

१. मानिस रुन्छन तर उनीहरु कमजोर भएर रोएका होइनन । उनीहरु धेरै समयसम्म कठोर बनिरहनुपरेकोले रुनु परेको हो । – जोंनी डिप

२. जान्नको लागि आफूले पिडा पाउनु नै पर्दछ । उठ्नको लागि खस्नुपर्दछ । किनकि जीवनका धेरैजसो पाठहरु पिडाको माध्यमबाट नै सिक्न सकिन्छ । – बोना मोहम्मद

३. हरेक सुन्दर चिजको पछाडी त्यहाँ केही न केही पिडा लुकेकै हुन्छ । – बब डाइलन

४. मलाई लाग्छ दुखी मानिसहरु नै अरुलाई खुसी बनाउन धेरै मेहेनत गर्ने गर्दछन । किनकी उनीहरुलाई थाहा छ कि अरुको सामु मुल्यहीन हुनुको अनुभूति कस्तो हुन्छ, यसैले यस्तै अरुले पनि भोग्नु नपरोस भन्ने चाहन्छन उनीहरु । – रोबिन विलीयम्स

५. जीवनको दुखान्त यो होइन कि जीवन छिटै सकिन्छ, बरु यो हो कि हामीले जीवन बाच्न निकै ढिलो गर्दछौ । – विलियम माथर लुइस

६. कोही पनि तपाइको आशुको लायक हुदैनन् तर जो लायकको हुन्छन उनीहरुले तपाईलाई रुन दिनेछैनन् । – गाब्रियल ग्रासिया मार्क्वेज

७. शरीरमा चोट पर यो निको हुन् थाल्दछ तर मनमा घाउ बनाउ यो सधै रहिरहन्छ । – मिनेको इस्वास्सी

८. जबसम्म तिमीले कसैलाई गुमाउदैनौ तबसम्म उसको महत्व बुझ्न सक्दैनौ । – महात्मा गान्धी

९. जसले आशु पुछ्दैनन उनिहरुले देख्दैनन । – भिक्टर ह्युगो

१०. कहिल्यै प्रेममा नपर्नु भन्दा प्रेममा परेर बिछोडलाई सहनु धेरै राम्रो । – अल्फ्रेड लर्ड टेंनीसन्

११. सत्य यो हो कि सबैथोकले तिमीलाई पिडा दिन गइरहेका छन्, वास तिम्रो रोजाई यती हो कि कसको पिडा सहेर बस्ने । – वव मार्ली

१२. जबसम्म विछोड हुदैन तबसम्म प्रेम आफैले आफ्नो गहिराइ थाहा पाउन सकेको हुदैन । – खलिल जिब्रान

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !