प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

कसरी खुसी हुने ? १४ भनाइहरु !

१. खुसी हुनुका तीन नियमहरु; गरिरहनको निम्ति कुनै काम हुनु, माया गर्नलाई कोही व्यक्ति हुनु, अनि आशा गर्नलाई केही थोक हुनु । – इमानुएल कान्ट

२. खुसीहरू हामीसँग के-के छन त्यसमा भर पर्दैन बरु हामी सँग जे छ सो प्रतिको सोचाइमा भर पर्दछ । थोरै भएपनि हामी खुसी हुन सक्छौ अनि धेरै भए पनि दुखी हुन सक्छौ । – विलियम डी होर्ड

३. तिमि जहाँ जान्छौं साथमा मुस्कानलाई लिएर हिड्ने गर । – साशा अजेवेडो

४. खुसी हुनको निम्ति सफल हुनु पर्दैन बरु सफल हुनको निम्ति भने खुसी हुनु पर्दछ । यदी तिमीले जे काम गर्दछौ सो कामलाई माया गर्दछौ भने तिमि सफल हुन सक्छौं । – अल्बर्ट स्वेत्जर

५. तिमी जो हौ र जस्तो छौ त्यसप्रति खुसी हुन सक्दैनौ भने तिमीसंग जे जति भए पनि खुसी हुन सक्दैनौ । – जिग जिग्लर

६. अहिलेको यो पालामा खुसी हुनु किनकि यहीँ पल नै तिम्रो जिन्दगी हो । – ओमार खैयाम

७. जब अवसर पाउछौ हास्ने गर, किनकि यो नै सबैभन्दा सास्तो ओखती हो । – लर्ड बईरन

८. कहिलेकाही तिम्रो खुसी तिम्रो मुस्कानको कारण बन्न सक्छ भने कहिलेकाही मुस्कान नै खुसीको कारण बन्न सक्छ । – नाट हान

९. तिम्रो गालामा परेको चाउरीपनलाई कमैले मात्र ध्यान दिन्छन जब तिमि मुस्कुराइरहेको हुन्छौ । – मार्क ट्वेन

१०. तिम्रो आफ्नो उमेर वर्षहरुले होइन बरु साथीहरु कति कमायौ सो द्वारा नाप, आफ्नो जीवन आशुहरुद्वारा होइन बरु आफ्नो मुस्कानद्वारा नाप । – जोन लेनोन

११. आफुसंग जे छैन त्यसको चिन्ता गरेर आफूसंग जे छ यसलाई बर्बाद नगर, ख्याल राख आज जे छ त्यो पनि त्यहिं हो जसको निम्ति तिमीले हिजो आशा गरेका थियौं । – एपिक्युरस

१२.  तिम्रो जीवनको खुसी तिम्रो सोचाइको गुणस्तरमा निर्भर रहन्छ । – मार्कुस औरेलियास

१३. आफ्नो छातीमा यो लेखेर राख्नु कि हरेक दिन तिम्रो सबैभन्दा सर्वोत्कृष्ट दिन हो । – राल्फ वाल्ड़ो इमर्सन

१४. खुसी भनेको चुम्बन जस्तै हो, अरुलाई नबढी यसको मजा आउदैन । – बर्नाड मेल्टजर

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!