प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

महिलासँग पुरुषलाई जित्ने होइन, आफैलाई जित्ने शक्ति हुनुपर्छ! -महिला सम्बन्धि भनाइहरु

महिला संसारको यस्तो सृजना हो जसलाई जसरी लिए पनि सारा सृष्टिको संचालनको निम्ति नभई हुदैन । हज्जारौं वर्ष देखि महिला माथिको हाम्रो दृष्टिकोण सधै कमजोर राख्यौ तर अब महिलालाई वास्तविक रुपमा बुझ्नु जरुरी, र पुरुष भन्दा पहिले त महिलाले आफैले आफ्नो शक्ति र सामर्थ्यलाई बुझ्नु झन जरुरि छ । यसर्थ यहाँ हामीले केही उत्कृष्ट महिला सशक्तीकरण सम्बन्धि भनाइहरु प्रस्तुत गर्दैछौ; कृपया यसलाई हरेकले शेयर गरेर फैलाउन मद्दत गर्नुहोला !

१. महिला हुनु निकै कठिन कार्य हो किनकि खसगरी उनीहरुले बारम्बार पुरुषहरुको सामना गर्नुपर्ने हुन्छ । – जोसेफ कोनार्ड

२. महिलाको निम्ति सबैभन्दा शक्तिशाली सुरक्षा भनेको आफ्नै सहस हो । – एलिजावेथ केडी स्ट्यानटन

३. महिलाले हरेक कुरालाई चुपचाप स्विकार्नु हुदैन बल्कि ति कुरालाई चुनौती दिन सक्नुपर्दछ । – मार्गरेट स्यांगर

४. हरेक पटक जब एक महिला आफ्नो निम्ति खडा हुन्छिन भने वास्तवमा उनी सम्पूर्ण महिलाहरुको निम्ति खडा भएको हुनेछिन । – माया एन्जेलाउ

५. यदि केही कुरा भनोस भन्ने चाहन्छौ भने एउटा पुरुषलाई गएर भन, केही कुरा गरियोस भन्ने चाहन्छौ भने एउटा महिलालाई गएर भन । – मार्गरेट थ्याचर

६. महिलाहरु समाजका वास्तविक कालिगढ़ हुन । – ह्यारियर विचर स्टोभ

७. महिला भएको कारणले हामीले हासिल गर्न नसकिने त्यस्तो कुनै सिमा छैन । – मिशेल ओबामा

८. महिलामा हुने सबैभन्दा आकर्षक चिज भनेको उनको सहस हो । – वियोन्से

९. तिमीले एउटा पुरुषलाई शिक्षा दिनु भनेको वस एकजनालाई मात्र शिक्षा दिनु हो, तर एउटा महिलालाई शिक्षा दिनु भनको पुरै एउटा पुस्तालाई शिक्षा दिनु हो । – ब्रिगहाम यूंग

१०. जहाँ महिलाको उपस्तिथी हुन्छ त्यहाँ जादु सरह हुन्छ । – टोज्के सेन्ग

११. म महिलाले पुरुषमाथि जित्नसक्ने शक्ति मिलोस भन्ने चाहन्न, म महिलाले आफैमाथि जित्न सक्ने शक्ति मिलोस भन्ने चाहन्छु । – मेरी ओल्सनक्राफ्ट

१२. भगवान पछी हामी महिलाहरुप्रति ऋणी छौ; किनकि पहलो त उनीहरुले हामीलाई जन्म दिए, दोस्रो हाम्रो जीवन बाच्न योग्य बनाइदिए । – मेरी म्याकलिओड विथुन

१३. यदि ईश्वरले महिला पछी अर्को कुनै राम्रो चिज बनाएको रहेछ भने त्यो आफैसँग राखेको हुनुपर्छ । – क्रिस क्रिस्तोफर्सन

१४. महिलाले बुझ्नुपर्ने कुरा के हो भने कसैले उनीहरुलाई अधिकार दिनेवाला छैनन्, त्यो उनीहरु आफैले लिनुपर्नेहुनेछ । – रोजेन बार

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!