सफल भनाइ

शान्त स्वभावको मानिसहरुको रिसबाट सावधान रहनुहोस – सफल भनाइहरु

१२. यदि झुठ बोलेर कसैको ज्यान बच्छ भने त्यो पाप होइन, पुण्य हो ।
– मार्लिन मुनरे

११. तपाईको प्रतिभा तपाईलाई भगवानले दिएको उपहार हो, अब तपाईले त्यो प्रतिभाको सक्दो प्रदर्शन गरेर भगवानलाई उपहार दिनुपर्छ।
– लियो बुसकैजलिया

१०. आत्मसम्मान भन्दा उत्कृष्ट भाव अरु कुनै हुनसक्दैन।
– एच एल मेङ्केन

९. मानिसको आफ्नै मति भ्रष्ट भयो भने उसलाई दुश्मनको आवश्यकता पर्दैन।
– बुद्ध

८. आफुले गर्ने कर्म आफ्नै विचारको उत्पत्ति हो,त्यसैले विचार सबै भन्दा महत्वपूर्ण हुन्छ।
– साई बाबा

७. शान्त स्वभावको मानिसहरुको रिसबाट सावधान रहनुहोस्।
– जोन ड्रेडेन

६. कुनै कुरामा तपाई कसैलाई विश्वस्त बनाउन सक्नुहुन्न भने उसलाई अलमल्ल बनाइदिनुहोस्।
– ह्यारी तुर्मान

५. आफु काम गर्ने कम्पनिलाई हैन आफ्नो कामलाई माया गर्नुहोस्, किनकी तपाईको कम्पनिले तपाईलाई कुनै दिन माया नगर्न सक्छ।
– डा. अब्दुल कलाम

४. आज भन्दा एक वर्ष पछि तपाईले सोच्नुहुन्छ कि तपाईले आजकै दिनबाट शुरुवात गरेको भए हुनेथियो।
– केरेन लेम्ब

३. सधैँ याद राख्नुहोस्, तपाई आज जुन वृक्षको छाहारीमा बस्नुभएको छ त्यो धेरै समय पहिला कसैले रोपेको सानो विरुवा थियो।
– वॉरन बफैट

२. आलोचनाबाट बच्ने एउटा उपाय छ : केहि नगर्नु, केहि नभन्नु अनि केहि बन्ने उद्देश्य नराख्नु।
– अरस्तु

१. कुनै कार्य गर्नु बारे धेरै सोच्नु, त्यो कार्य बिग्रिनुको कारण बन्न सक्छ।
– ईवा यंग

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !