सफल भनाइ

लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ – सफल भनाइहरु

१२. हाम्रो अनौठो कुरा के हो भने जुन कुरा हामी सबै भन्दा धेरै सोच्छौ, त्यही चिजको हामी सबै भन्दा कम कुरा गर्छौ ।
– चार्ल्स लिंडबर्ग

११. व्यस्त रहनु मात्र काफि छैन, व्यस्त त कमिला पनि हुने गर्छन। प्रश्न यो हो – हामि के को लागि व्यस्त हुदैछौ ?
– हेनरी डेविड थोरु

१०. सफलता सबै भन्दा नराम्रो शिक्षक हो, यसले मानिसहरुमा यो सोचको विकास गरिदिन्छ कि उनीहरु असफल हुन सक्दैनन्।
– बिल गेट्स

९. कुनै कुरा नजान्नु लाजमर्दो हुन्न, नजानेको कुरा सिक्न नखोज्नु चाहिँ लाजमर्दो कुरा हो।
– बेंजामिन फ्रैंकलिन

८. यदि तपाई चाहनुहुन्छ कि कुनै कुरा उत्कृष्ट तरिकाले सम्पन्न होस् भने, त्यो कुरा तपाई आफैले गर्नुपर्छ।
– नेपोलियन

७. हामिले बाहिरी संसारमा तबसम्म शान्ती पाउन सक्दैनौ जब सम्म हामि भित्रबाट नै शान्त हुदैनौ।
– दलाई लामा

६. कसैलाई हराउनु सजिलै सकिन्छ तर कसैलाई जित्न अती कठिन हुने गर्दछ ।
– अब्दुल कलाम

५. यदि कुनै पनि मानिसले तपाईंलाई क्रोधमा ल्याउन सफल हुन्छ भने तपाईं त्यो मानिसको हातको पुतली हो।
– एलिजाबेथ कैन्नी

४. कुनै कामको योजना बनाउदा यदि तपाईं एक मिनेट खर्च गर्नुहुन्छ भने त्यही काम कार्यान्वयन हुदा तपाईंको १० मिनेट बचत हुन्छ।
– ब्राइन ट्रेसी

३. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
– विलयम शेक्सपियर

२. यदि तपाई आफ्नो प्रतिभाले उत्कृष्ट हुन सक्नुहुन्न भने प्रयास जारी राखेर एकदिन उत्कृष्ट हुनुहोस्।
– डेव वीनबाउम

१. अरुलाई नियन्त्रित गर्न सक्ने व्यक्ति शक्तिशाली हुनसक्छ तर जसले स्वयम् आफुलाई मजाले नियन्त्रित गर्न सक्छ उ महान बलशाली हुन्छ।
– ताओ ते चिंग

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !