सफल भनाइ

मातापिता र वृद्धहरुलाई कहिल्यै पनि भार नसम्झ – सफल भनाइहरु

१. एक गुलाब मेरो बगैंचा हुन सक्छ … एक मित्र, मेरो संसार।
-लियो बुस्काग्लीया

२. कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी छ भन्ने बुझिन्छ ।
-एन्डी रोनी

३. घृणाले दिएको घाउ नराम्रा हुन्छन्, प्रेमको घाउ राम्रा।
-मिगनों मैकलोलिन

४. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन।
-जर्ज इलियट

५. जन्म लिने हरेक शिशुले यो संदेश लिएर आउछ कि भगवानको मन, हामि मानवहरुको लागि अझै मरेको छैन।
-रविन्द्रनाथ टैगोर

६. जीवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन, कोहि आएर शितलता छर्छन् त कोहि गएर उज्यालो।

७. भगवानले बोझ दिन्छन् भने त्यो बोझ थाम्ने काधपनि दिएका हुन्छन्।

८. एक विद्वान मानिसले अर्को मुर्खको प्रश्नबाट धेरै सिक्न सक्छ भने एउटा मुर्खले विद्वानको प्रश्नबाट।

९. सबै भन्दा प्रभावशाली बदला त्यो हो, जून हामी आफ्नै कमजोरी या कमजोरीको कारण आएको क्रोधसँग लिन्छौ।

१०. हामि सधैँ भन्छौ “यो हाम्रो घरको बुहारी हो”, तर यो कहिले पनि भन्दैनौ “यो घर हाम्रो बुहारीको हो”।

११. बाहिर आफुलाई सुल्झिएको जस्तै प्रस्तुत गर्न भित्रभित्र निक्कै उल्झिनु पर्दछ।

१२. यदि तपाईलाई आफ्नो यात्रा सहज लागिरहेको छ भने तपाई पक्कै ओरालो लागिरहनु भएको छ।

१३. मातापिता र वृद्धहरुलाई कहिल्यै पनि भार नसम्झ । ति भार होइनन भाग्य हुन ।

१४. मिठो बोलीको जादुमा डरलाग्दो राक्षसको रिसलाई पनि क्षणभरमै साम्य पार्ने शक्ति लुकेको हुन्छ।

१५. आफ्नो विरोधीहरु सँग मित्रता गर्नु विरोधीहरुको नास गरे बराबरको हुन्छ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!