सफल भनाइ

खुसीको लागि आजमा बाच्न सिक्नुहोस – सफल भनाइहरु

१. नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन।

२. यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर,त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन।

३. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस । समय कहिल्यै पनि पूर्ण अनुकुल हुँदैन।

४. सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।

५. जो व्यक्ति राम्रो काममा धेरै व्यस्त हुन्छ, उसले अरुको अगाडी राम्रो बन्नको लागि समय पाउंदैन।

६. तिमीले अरुलाई राम्रो कसरि देखाउने भन्ने प्रयास नगर। आफूलाई के राम्रो लाग्छ, त्यो बन्यौ भने तिमीमा आत्मविश्वास जाग्छ र त्यो आत्मविश्वासले अरुको मन जित्न सक्छौ ।

७. कसैको सोझोपनको यति पन फाइदा नलिनुहोस कि उ खराब बन्न बाध्य होस् !

८. मानिस स्वतन्त्ररुपमा जन्मे तापनि ऊ आफूलाई चारैतिरबाट बन्धनले घेरिएको महसुस गर्दछ ।

९. जब तिमीले आफ्ना नकारात्मक विचारहरुलाई सकारात्मक विचारले प्रतिस्थापन गर्छौ, तब सकारात्मक नतिजाहरु हात पार्न थाल्छ।

१०. तिमीले पहिले जे गरिसकेको छौ, त्यही मात्र गरिरह्यौ भने, तिमीले जे पाएका छौ, त्यही मात्र पाइरहने छौ।

११. दुःखको एकक्षण पनि युग बराबर हुन्छ।

१२. तिमी हाँस्दा संसार हाँस्छ तर रुनु एक्लै पर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !