सफल भनाइ

भगवानको मन मानवहरुको लागि अझै मरेको छैन – सफल भनाइहरु

१. आफुले गर्ने कार्यको योजना बनाउनुहोस् अनि बनाएको योजना अनुरुप कार्य गर्नुहोस्। -नेपोलियन हिल

२. भगवानको मन, हामि मानवहरुको लागि अझै मरेको छैन। -रविन्द्रनाथ टैगोर

३. एक दर्जन ज्ञानी मानिसले एक घण्टामा जति प्रश्नको सही उत्तर दिन सक्छन् त्यो भन्दा बढी प्रश्न एउटा मुर्खले एक मिनेटमा सोध्न सक्छ ।-लेनिन

४. नयाँ कुरा सिक्दा मस्तिष्क कहिलेपनि थाक्दैन .-लियोनार्डो दा विंची

५. तपाई अहिले जे हुनुहुन्छ त्यो तपाई परिस्थितीले गर्दा हैन, आफ्नो निर्णयहरुले गर्दा हुनुहुन्छ। -स्टीफन कॉवि

६. कार्य विनाको उद्देश्य मात्र सपना हो । उद्देश्य विनाको कार्य समयको वर्वादी मात्र हो । कार्य सहितको उद्देश्यले मात्र संसार परिवर्तन गर्न सक्छ -जोएल बार्कर

७. आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुशी हुनसक्छ। -अब्राहम लिंकन

८. प्रेम, पैसा अनि प्रख्याती भन्दा पनि बरु मलाई सत्य देऊ ।-हेनरी डेविड थोरो

९. कुनैपनि नियम कानुनबाट इमानदारिता आउँदैन ।-अल्बर्ट कामू

१०. तपाईंलाई आफू उदास भएको महसुस हुँदैछ भने कुनैपनि काममा व्यस्त हुनुहोस् । व्यस्तता नै उदासीपनको मुख्य औसधि हो ।-एलेनोर रूजवेल्ट

११. जुन दिन तपाईं मुस्कुराउनु हुन्न, त्यो दिन तपाईंको सबैभन्दा खराब दिन हो ।-ई ई कम्मिंग्स

१२. हाम्रो युवा अवस्थामा हामीले गरेको हरेक गलत कुराको भोगाई हामीले आफ्नो वृद्ध अवस्थामा ब्याज सहित पाउछौं ।-चार्ल्स केलेब कोल्टन

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !