जीवनी विश्व साहित्य

महिलाहरूका निम्ती प्रेरणाकी पुञ्ज : मेरी क्युरी

पोल्याण्डमा जन्मिएकी मेरी क्युरी (मान्या स्क्लोदोवस्का) दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्रै महिला हुन् । उनले भौतिक तथा रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन् ।

यती ठूलो सफलता प्राप्त गर्ने उनको जीवन कथा भने दुःख र संघर्षले भरिएको छ । जब उनी १६ वर्षकी थिइन् उनकी ममतामयी आमाको मृत्यु भयो । त्यसपछी उनका बाबुको व्यापार पनि टाट पल्टियो । उनले अनेक मुस्किलहरूको सामना गर्नुपर्यो । सौभाग्यवश उनको भेट पियरे क्युरीसँग भयो र दुवैले विहे गरे । सोरबनमा पि.एच.डी को अनुसन्धान गर्ने क्रममा उनले दुई नयाँ तत्व रेडियम पोलो नियम पत्ता लगाइन् । तर त्यती सजिलै होइन, यसका निम्ती उनीहरूले सबैथोक लगानि गरेर सामाग्री जुटाई झण्डै ३०० पटकको असफल प्रयोग पछी मात्र उनीहरूको प्रयोग सफल भयो । उनीहरूको प्रयोगशाला चुहिने छानामुनी खण्डहरमा थियो । उनले जीवनभर आफ्नो ज्यान जोखिममा राखेर प्रयोग गर्दै रहिन् । उनलाई विकिरणको प्रभाव ज्यादै नराम्रो हुन्छ भन्ने थाहा थियो । यसको बाबजुद आफ्नो गर्भावस्थामा पनि उनले विकिरणको खतराको बिचमा काम गरिरहिन् ।

पुरूषप्रधान समाजमा सफल हुनलाई महिलाले कैयौ बाधा र पूर्वाग्रहको सामना गर्नुपर्दछ । मेरी क्युरीले रेडियमलाई पत्ता लगाइन् तर महिलाले यस्तो खोज गर्न सक्छन भन्ने कुरा आम मानिसले विश्वास गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले आफ्ना पतिको साथ नोवेल पुरस्कार बाड्नुपर्यो । त्यसपछी सोरबनमा उनका पतिलाई प्रोफेसर बनाइयो भने मेरीलाई उनको सहायक मात्र । सन् १९०६ मा उनको पतिको मृत्युपछि मेरीलाई पियेरेको पद त दिइयो तर प्रेफेसरको पुरै दर्जा भने दिइएन । उनलाई लेक्चरर र प्रयोगशालाको प्रमुख त बनाइयो तर विभाग प्रमुख बनाइएन । तर निरन्तरको संघर्ष पछि अन्ततः १९०८ मा उनलाई पुरै प्रोफेसर पदको नियुक्ति दिइयो । मेरी क्युरीको जीवन एक महान् जीवन थियो । उनको जस्तो मेहेनत, सहनशिलता र साहस भए मान्छेले धेरै कुरा गर्न सक्छ ।

उनी विश्वभरका महिलाहरूका लागि कहिल्यै ननिभ्ने प्रेरणाको तारा भएर चम्किरहिन् । उनको यस अदम्य साहसले भरिएको जीवनीलाई शेयर गरेर आ-आफ्ना साथीहरूमाझ बाढौ है !

प्रतिक्रिया

Leave a Reply to Sunita Basnet Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!