एकासमयमा एउटी केटी थिइ जसले आफैलाई साह्रै घृणा गर्थी किनकी उ अन्धी थिइ । यदि त्यो उमेरमा उसको केही थियो त सिर्फ अन्धकार । त्यसैले त उसलाई सबैप्रती वितृष्णा थियो सिवाय उसलाई माया गर्ने प्रेमीलाई छोडेर । उसको प्रेमी उसलाई हर समय ख्याल राख्थ्यो, सधै साथ अनि हौसला दिइरहन्थ्यो । साच्ची त्यो केटो उसलाई औधी मन पराउदथ्यो । एकदिन त्यो केटोले उसलाई विहे गर्ने प्रस्ताव राख्दछ । तर केटीले स्विकार गर्दिने, उसले भन्छे ‘जबसम्म म आँखा देख्ने हुन्न तबसम्म विहे गर्दन ।’
एकदिन उक्त केटीलाई कसैले आँखा दान गर्दछ । ऊ देख्न सक्ने हुन्छे । उसले अब सबैथोक देख्छे, उसको प्रेमीलाई पनि । केटोले भन्छ, ‘अब तिमीले देख्न सक्ने भयौ, अब हामी विहे गरौ ल !’ केटी झसंग हुन्छे किनभने उसको प्रेमी, त्यो केटो पनि अन्धो नै रहेछ । यो थाहा पाएपछि केटीले विहे गर्ने प्रस्ताव अस्विकार गर्छे । यसले केटोको साहेरै चित्त दुख्छ । उसले एउटा चिट छोडेर उबाट टाढा हुन्छ जहाँ लेखिएको हुन्छ : ‘मेरा ती दुई आँखाको राम्रो ख्याल राख्नु ल !’


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
100 percent correct
गजब सर जिऊ💞💞