विविध

एउटा पिडा लुकेको हुनसक्छ, जब कसैले भन्छ ‘म ठिक छु ।’

एउटा पिडा लुकेको हुनसक्छ, जब कसैले भन्छ ‘म ठिक छु ।’

एउटा सत्यता लुकेको हुनसक्छ, जब कसैले भन्छ, ‘मजाक गरेको थिए यार’

एउटा तितो अनुभूती लुकेको हुनसक्छ, जब कसैले भन्छ, ‘मलाई केही फरक पर्दैन ।’

एउटा साथको आवश्यकता लुकेको हुन सक्छ, जब कसैले भन्छ, ‘प्लिज, मलाई एक्लै छोडिदेऊ ।’

एउटा बाध्यता लुकेको हुनसक्छ, जब कसैले भन्छ, ‘सक्छौ भने मलाई माफ गरिदेऊ ।’

एउटा सुषुप्त प्रेम लुकेको हुनसक्छ, जब कसैले भन्छ, ‘आइ हेट यू !’

एउटा मलिन मुस्कान भित्र, हजारौ दर्दहरू लुकेको हुनसक्छ । एउटा मिठो बाचा भित्र सयौ धोकाहरू लुकेको हुन सक्छ । मन भित्र हज्जारौ कुरा खेलीरहेको हुनसक्छ जब कोही एक्लै मौन रहेको हुन्छ ।

…यात्राहरूमा उकाली ओह्रालीहरू हुन्छन्, विभिन्न मोडहरू आउदछन्, सधै एकैनास को त के नै पो हुन्छ र ? वसन्तसंगै शिशिर पनि आउछन्, घमाइला दिनसँगै हुरीबतास र चट्याङ पनि सहनुपर्छ, हासो छुट्छन् सँगै आशु झर्दछन्… सबैथोक सरल हुदैनन्, तर पनि अघि बढिरहनुपर्ने रहेछ- हरेक अवस्थामा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !