विविध

केहि संग्रहित प्रेरक सामग्रीहरु

के तपाईलाई थाहा छ ?

– इलियड र ओडेसीका लेखक होमर अन्धा थिए । – दार्शनिक प्लेटो कुम्ले थिए । – कवि लर्ड वाइरन लङ्गडो थिए । – चिमको आविस्कारक थोमस एडिसन बहिरा थिए । – फुटबलर जिम ब्राउन पनि लङ्गडो थिए ।

उनीहरू शारीरिक दुर्बलताका बाबजुद जे बन्न सके त्यो उनीहरूको उच्छा शक्तिको कारणले बन्न सके । याद राख्नुहोस्, तपाईमा प्रबल इच्छा छ भने कमजोरीरूपी शैतानहरू आफै भाग्नेछन् ।

सानो शुन्दर हुन्छ !

– एउटा ताराले जहाजलाई दिशा दिन सक्दछ । – एउटा शब्दले लक्ष्यलाई आकार दिन सक्छ । – एउटा मुस्कानले मित्रताको सुरूवात गर्न सक्दछ । – एउटा भोटले राष्ट्र बदलिन सक्छ । – एउटा मैनबत्तीले अँध्यारो भगाउन सक्दछ । – एउटा हाँसोले पिडा भगाउन सक्छ । – एउटा पाइलोले यात्रा सुरूवात गर्दछ । – एउटा शब्दद्वारा प्रार्थना सुरूवात हुन्छ । – एउटा आशाले हृदयलाई सान्त्वना दिन सक्छ । – एउटा पंक्तिले कविताको दोश्रो पंक्ति कोर्न सद्दत गर्दछ । – एउटा व्यक्तिले तिम्रो जीवन शुन्दर बनाउन सक्दछ । – एउटा कारण जीवन जिउनुको आधार बन्न सक्छ । – एउटा जीवनले विश्व परिवर्तन गर्न सक्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • sanchai ma pani mero yeuta jiban ma gare ko kam le ke hi naya superior kam garne haru janmaudai xu

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !