कथा

प्रभावोत्पादक मार्मिक कथा, तपाइलाई एकछिन झसङ्ग पारीदिन्छ

आमाको मृत्यु पश्चात् एक्लो छोराले श्रीमतिको आदेशमा आएर आफ्नो बुवालाई वृद्ध आश्रम पठाउने निर्णय गर्यो । बुवाको समस्त भौतिक वस्तु समेटेर उ एउटा इसाइ पादरीद्वारा संचालित वृद्धआश्रम मा बुवालाई लिएर गयो ।  काउन्टर मा बसेको कलर्कले धेरै विकल्पहरु भन्न थाले , टेलिभिजन, शाकाहारी, मांसाहारी, आदि इत्यादी, बुवाले विनम्रतापुर्वक दुई छाँक को लागि शाकाहारी भोजन छोडेर बाकी सबै चाहिदैन भने,  छोरा बुवाको कारबाट बाहिर सामान निकाल्न गयो, त्यति खेरै उनको श्रीमतिले फोन गरीन यो थाहा पाउनलाई कि सबथोक राम्रै सँग सल्टिरहेको छ कि नाइ” र उनले अझ जोड दिएर भनिन कि अब बुवालाई चाडपर्वमा पनि घर ल्याउने आवश्यक छैन ।
कृश्चियन पादरी बाहिर आयो र बुवालाई देखेर उतै तिर अगाडि बढ्यो र दुवैजना कन्धामा गला मिलाएर कुराकानी गर्न थाले , यो समयमा बुवा हिम्मत पुर्वक मुस्कुराउदै रहयो ।

छोरालाई धेरै आश्चर्य लाग्यो , उसले तुरन्त पादरीलाई गएर सोध्यो ” के तपाईहरु पहिले देखि परीचित हुनुहुन्छ र ? जुन यसरी चिनजान भएजस्तै मज्जाले कुरा गर्नुहुदैछ ?

पादरीले आफ्नो भिजेको आँखा पुछ्दै उसको छोरालाई देख्यो र भन्यो ” हो ! एकदमै राम्ररी चिन्छौ , तपाइको बुवा 30 वर्ष अगाडि यहाँ आउनुभएको थियो र आफ्नो साथमा एउटा अनाथ बच्चालाई लिएर जानुभएको थियो काख लिनको लागि , पालनपोषण गरेर यो दुनिया देखाउनको लागि ”

छोरा झसङ्ग भयो , आँखाबाट आँसु को खोला बग्न थाल्यो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !