विविध

यदी तपाईं पुरुष हुनुहुन्छ भने हरेक नारीलाई सम्मान दिनुस ।

जब मैले जन्म लिए त्यहा एक नारी थिइन र मलाई थामिन : मेरी आमा 

बचपनमा जसरी जसरी म ठूलो हुँदै गए त्यहा एक नारी मेरो ध्यान राख्नको लागि र साथ मा खेल्नको लागि उपश्थित थिइन  : मेरी बहिनी/दिदी ।

जब म स्कुल गए त्यहा एक नारीले मलाइ पढाउनमा मदद गरीन : मेरो शिक्षिका ।

जब जब म जिवनमा धेरै निराश भए, हतास भए र जब हारे तब एक नारीले मलाइ सम्हालिन : मेरो महिला मित्र ।

जब मलाइ सहयोग, साथी र प्रेमको आवश्यकता पर्यो तब एक नारी हमेशा मेरो साथमा थिइन : मेरी श्रीमती ।

जब म जिवनमा कठोर भए तब एक नारीले मेरो व्यवहारलाई नरम गरीन : मेरी छोरी ।

जब म मर्छु तब पनि एक नारीले मलाई काखमा लिन्छिन : धरती माता ।

यदी तपाईं पुरुष हुनुहुन्छ भने हरेक नारीलाई सम्मान दिनुस । यदी तपाईं महिला हुनुहुन्छ भने आफैमा गर्व गर्नुस ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !