सफलताको लागि

कसको सफलताको रहस्य के ?

– थोमस एल्भा एडिसन
हार नमान्नु : मेरो बानि छ, जतिपटक असफल भए पनि सफलता हात नलागेसम्म म काममा जुटिरहन्छु ।

– सर आइज्याक न्युटन
धैर्यवान हुनु : म प्रतिभावान भन्दा धैर्यवान हुँ, किनभने मेरा सबै प्रतिभा धैर्यले जन्माएका हुन् ।

– अल्बर्ट आइन्स्टाइन
हिम्मत नहार्नु : मलाई सबैले तैले सात जुनिमा पनि गणित सिक्दैनस भन्थे । यो सुनेर म मनमनै रून्थे तर हिम्मत भने मैले कहिल्यै हारिन ।

– एन्ड्रयू कारनेगी
इमान्दारी, परिश्रम र एकाग्रता : मेरो मान्यतामा सफलताको लागि सबैभन्दा पहिलो आवश्यकता हो इमान्दारी अनि परिश्रम र एकाग्रता ।

– झमक घिमिरे
दह्रो इच्छाशक्ति : अग्रजको मनाहीको बाबजुद पनि मैले निरन्तर सिकिरहे, किनकी ममा सिक्ने प्रबल इच्छा थियो र त मैले लेख्न सिके ।

– नेल्सन मण्डेला
कर्ममा रमाउन सक्नु : संघर्ष नै जीवन हो, यसर्थ संघर्षमै आनन्द लिन सक्नुपर्छ, कर्ममै रमाउनु पर्दछ ।

– हेनरी फोर्ड
दृढ आत्मविश्वास : यदि तपाई गर्न सक्छु भन्नु हुन्छ भने जे पनि गर्न सकिन्छ, यदि गर्न सकिन्न भन्नु हुन्छ भने केही पनि गर्न सकिन्न ।

– अब्राहम लिंकन
असफलता झेल्नु : हरेक असफलतामा म आफैलाई भन्थे म चिप्लेको पो हु, ढलेको कँहा हुँ र ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !