विविध

मनन गर्नैपर्ने जीन्दगीका १२ यथार्थहरु

१२. जबसम्म हामी आफैले अनुमती दिदैनौ तबसम्म अरुले हामीलाई पीडा दिन सक्दैनन् । जब हामीले नै उनिहरुलाई आफ्नो जीवनमा पूरा स्वामित्व दिन्छौ नि तब उनिहरुले त्यसको फाइदा उठाउदछन ।

११. जसमाथी तपाईंलाई पूरा विश्वास गर्नुहुन्छ नि प्रायः उसैले नै हामीलाई धोका दिने गर्दछ ।

१०. यदि तपाईं आफुले जे चाहेको हो त्यसको लागी लड्न सक्नुहुदैन भने तपाईंले जे पाउनुभयो त्यसको लागि रुनु व्यर्थ छ ।

९. मानीसहरु सफलताको मीठो सपना बुन्न त पुरै सिपालु छन तर मेहेनत र संघर्षको तितो यथार्थसँग लड्न भने सधै पछि पर्दछन ।

८. क्षमा जिन्दगीको ठूलो मल्हम हो । जे/जो तपाईको दिलमा खिल बनेर गडेका छन ती सबैलाई क्षमा दिनुस्, अनि हेर्नुस्, कती हल्का हुनेछ आफ्नो मन । हामी पिडित यसकारण छौ कि हामी अरुको गल्तीलाई स्विकार गर्न सक्दैनौ ।

७. हरेक रात पछि विहान हुन्छ, हरेक शिशिर पछि वसन्त आउछ । आजको आँशुले भोलीको भविष्यलाई रोक्न सक्दैन । हरेक पिडाका बिच अघि बढ्नु नै जीन्दगी हो ।

६. खस्दैमा जिन्दगीमा असफल भएको हुदैन बल्की त्यो खसाइ पछि पुन उठ्न नसक्नु असफलता हो ।

५. जीन्दगी बास्केटबल जस्तै हो, यसले जति तल प्रेस गर्छ नि हामी उति नै माथी बाउन्स हुन सकिन्छ । यसैले हर नकारात्मक कुराले जिन्दगीमा उर्जा बोकेर आएको हुन्छ । बस्, त्यसलाई चिन्न सक्नु पर्यो ।

४. जो वर्षातमा भिज्न डराउछ त्यसले इन्द्रेणी देख्न सक्दैन । आगो देखी डराउने इट्टालाई त पानीले पनि हेप्दछ । केही पाउन केही सहनु पर्दछ ।

३. बाटोमा भुक्ने हर कुकुरलाई ढुंगाले हान्दै जानुभयो भने तपाईं कहिल्यै लक्ष्यमा पुग्न सक्नुहुदैन । नकरात्मक मान्छेको वेवास्ता गर्नु जिन्दगीमा सफल हुने एउटा सर्त हो ।

२. सबैलाई प्रेम गर्नुहोस्, केही केहीलाई विश्वास गर्नुहोस् अनि हानि चाहिँ कसैको पनि नगर्नुहोस् ।

१. फुलको आखामा फुलै संसार, काडाको आखामा काडै संसार । संसार त्यस्तै हुन्छ जस्तो तपाईंले देख्नुहुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!