विविध

सफल र खुसी मानिसका ५ साझा बानिहरू

१. उनीहरूले समयको व्यवस्थापन गर्न सक्दछन् ।
उनीहरूसँग पनि दिनमा उतिनै समय हुन्छ जती हामीसित, यद्यपी उनिहरूले यसलाई खेर जान दिदैनन्, हरेक पलको सदुपयोग गर्ने प्रयाश गर्दछन् ।

२. उनीहरूले स्वास्थ्यको राम्रो ख्याल राख्दछन् ।
स्वस्थ्य नै धन हो, यो छ त सबैथोक छ, स्वस्थ्य नै खस्कियो भने कार्यउत्पादनमा ह्रास आउछ भन्ने उनीहरूले बुझेका हुन्छन् । यसैले कृत्रिम, लागुपदार्थ एवं अखाद्य चिजबाट परै रहन्छन् ।

३. उनीहरूले इमोसनल इन्टिलेजेन्सको प्रयोग गर्दछन् ।
उनीहरू अनाहकमा भावनामा बहकिदैनन् । आफ्ना आवेगहरूलाई कावुमा राख्ने गर्दछन् । अरूसित कुन रूपमा प्रस्तुत हुने कुरा उनीहरूले जानेका हुन्छन् ।

४. उनीहरू निरन्तर अरूको सेवा गरिरहन्छन् ।
सफल र सुखी मानिसहरू आफ्नो भलाइको बारेमा मात्र सोच्दैनन्, उनीहरू दोश्रोको भलाईका बारेमा ज्यादा सोच्दछन् । सेवा नै धर्म हो को मूल मन्त्र उनीहरूले हर्दम जपिरहेका हुन्छन् ।

५. उनीहरूले बुझेका हुन्छन् की उनीहरूको वास्तविक शक्ति उनीहरूकै रोजाइमा अन्तर्निहित छ ।
उनीहरू आफैमा विश्वास गर्दछन्, आफ्नो असिम शक्तिमा भरोसा राख्दछन् । हर चाहाना पूरा गराउन सकिन्छ भने उनीहरूमा अगाध आत्मविश्वास भरिएको हुन्छ ।

स्रोत : पिक द ब्रेन

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • I need biography of some inspirational personality mentioned in above quotation in pdf if it is possible.And one more thing this news portal really help me to make living meaningful. If pdf is available please mail me.

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !