सफलताको लागि

सफल र सुखी जीवनको निम्ति १५ गोरेटोहरु

1. धेरै आवश्यक छ कि “अधिक धन” आर्जन गर्नुभन्दा “अधिक जीवन” बाँच्न सिकौ ।

2. “राम्रो र स्वस्थ” शरीरको लागि ब्यायाम गरौ ।

3. स्वस्थ भएर पनि निरन्तर सालको एकचोटी “होल बडि चेक अप” गरौ ।

4. प्यास नलागे पनि “पानी अधिक” पिउने गरौ।

5. हरेक पल मा आफ्नो “अहम” त्याग्ने गरौ।

6. शक्तिशाली भएर पनि “सरल” बन्ने गरौ ।

7. धनी नभएर पनि “परीपुर्ण” बनौ।

8. सुन्दर जीवन जिउन सिकौ, शरीर र शब्द लाइ “काबुमा” राखौ।

8. जति धन कमाए पनि अरु लाई “पागल र मुर्खको” सज्ञा दिने नगरौ।

9. सन्सारको हर आबिस्कार हरु सङ ” अप टु डेट” हुन सिकौ।

10. मनन गर्नुस त; महंगो फोनको “70% फंकशन” अनुउपयोगी रहन्छ किन कि हामिमा भएको नोलेज भन्दा बढी फंकशन तेस्मा उपलब्ध हुने गर्छ।

11. महंगो कारको “70% गतिको” उपयोग हुदैन । मानिसको जवानीको 70% जोस (बैँस) त्यसै खेरा जाने गर्छ। “होम” ( पुजा) गर्नको लागि भनेर बनाइएको 70% “होमन” होम गर्दै जादा अन्तसम्म बच्छ र अन्तमा एकैचोटी होमिदा धुवाले होम मन्डलनै धुवामय बनाइदिन्छ।

12. पुरै अलमारी दराजमा “70% कपडा” त्यतिकै राखिएको हुन्छ । तितो सत्यता 70% कपडा नफाडदै मानिस हरुको स्वर्गबास हुने गर्छ।

13. पुरै जिन्दगीको “70% कमाई” अरुको उपयोग को लागि छुट्ने गर्छ र पुरा कमाइको 30% पनि ब्यक्तिले खर्चिने गर्दैनन।

14. “70% गुणहरुको” उपयोग हुदैन भने “30% गुणहरुको” उपयोग अनजान र लहै लहैमा गरिएको मात्र हुदैन अरु लाई दोष दिदैमा बितेको हुन्छ सो यसलाइ सकरात्मक र सहि तरिकाले उपयोग गर्न सिकौ।

15. हामी हासेउ भने हामी सङ दुनिया “हास्ने” छ हामी रोयेउ भने एक्लै “रुनु” पर्ने छ सो सधै हसिलो अनुहारमा हास्दै बार्तलाप गर्न सिकौ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !