म ४ वर्षको हुँदा — मेरा बाले जे पनि गर्न सक्छन् ।
म ५ वर्षको हुँदा — मेरा बालाई सबै कुरा थाहा छ ।
म ६ वर्षको हुँदा — अरुका भन्दा मेरा बा फूर्तिला छन् ।
म ८ वर्षको हुँदा — बा र मेरो जमानामा अन्तर आइसकेको छ ।
म १० वर्षको हुँदा — बालाई सबै कुरा त्यति थाहा छैन ।
म १२ वर्षको हुँदा — मेरा बालाई केहि थाहा छैन, स्मरण शक्ति हराइसकेको छ ।
म १४ वर्षको हुँदा — मेरा बाको कुरै नसुन्नु । उनी त पुरातन संस्कृतिका हुन् ।
म १८ वर्षको हुँदा — मेरा बालाई जीन्दगी के हो, थाहै छैन ।
म २१ वर्षको हुँदा — मेरा बा ! हे भगवान् ! ती त सत्य युगको कुरा गर्छन् ।
म २५ वर्षको हुँदा — मेरा बालाई अलिकति थाहा छ कि ?
म ३० वर्षको हुँदा — मैले बालाई सोध्नुपर्छ, उहाँले के भन्नुहुन्छ ।
म ४० वर्षको हुँदा — मेरा बाले कसरी व्यवहार धाने होलान् , सार्है मेहेनती हुन् ।
म ५० वर्षको हुँदा — यदि अहिले बा भैदिएको भए बासँग कत्ति कुरा सोध्थें होला ।
— सबैले आफ्नो आमा बुवालाई माया गरौ, तपाईलाई यहाँसम्म ल्याउन गर्नुभएको उहाँहरूको त्यागलाई नबिर्सौ । सबैमा वुवा दिवसको हार्दिक शुभकामना —
मलाई त यहि उमेर मा नै लाग्छ मेरा बाले कसरी व्यवहार धान्नु भयो होला ? अलिकति अप्ठ्यारो पर्योकी बुवा मम्मीको याद आउछ कसरी यत्तीको वर्ष सम्म व्यवहार धान्नु भएको होला भनेर ।