विविध

मेरो वुवा मलाई कस्तो लाग्थ्यो ?

म ४ वर्षको हुँदा — मेरा बाले जे पनि गर्न सक्छन् ।

म ५ वर्षको हुँदा — मेरा बालाई सबै कुरा थाहा छ ।

म ६ वर्षको हुँदा — अरुका भन्दा मेरा बा फूर्तिला छन् ।

म ८ वर्षको हुँदा — बा र मेरो जमानामा अन्तर आइसकेको छ ।

म १० वर्षको हुँदा — बालाई सबै कुरा त्यति थाहा छैन ।

म १२ वर्षको हुँदा — मेरा बालाई केहि थाहा छैन, स्मरण शक्ति हराइसकेको छ ।

म १४ वर्षको हुँदा — मेरा बाको कुरै नसुन्नु । उनी त पुरातन संस्कृतिका हुन् ।

म १८ वर्षको हुँदा — मेरा बालाई जीन्दगी के हो, थाहै छैन ।

म २१ वर्षको हुँदा — मेरा बा ! हे भगवान् ! ती त सत्य युगको कुरा गर्छन् ।

म २५ वर्षको हुँदा — मेरा बालाई अलिकति थाहा छ कि ?

म ३० वर्षको हुँदा — मैले बालाई सोध्नुपर्छ, उहाँले के भन्नुहुन्छ ।

म ४० वर्षको हुँदा — मेरा बाले कसरी व्यवहार धाने होलान् , सार्है मेहेनती हुन् ।

म ५० वर्षको हुँदा — यदि अहिले बा भैदिएको भए बासँग कत्ति कुरा सोध्थें होला ।

— सबैले आफ्नो आमा बुवालाई माया गरौ, तपाईलाई यहाँसम्म ल्याउन गर्नुभएको उहाँहरूको त्यागलाई नबिर्सौ । सबैमा वुवा दिवसको हार्दिक शुभकामना —

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • मलाई त यहि उमेर मा नै लाग्छ मेरा बाले कसरी व्यवहार धान्नु भयो होला ? अलिकति अप्ठ्यारो पर्योकी बुवा मम्मीको याद आउछ कसरी यत्तीको वर्ष सम्म व्यवहार धान्नु भएको होला भनेर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !