विविध

जीवनको तितो यथार्थहरु

१. 20 रुपैयाको नोट धेरै ठुलो लाग्छ जब गरिबलाई दिनुपर्दा , तर होटलमा टिप दिनुपर्दा धेरै कम लाग्छ ।

२. तीन मिनट सम्म भगवानको सुमिरन गर्नु कति मुश्किल हुन्छ , तर तीन घण्टा फिल्म हेर्न कति सजिलो लाग्छ ।

३. पुरै दिनको मेहनत पछि जिम जादा थाक्दैन तर आमाबुवाको पाउ दबाउनुपर्दा एकैछिन मा थाक्छ ।

४. भ्यालेन्टाइन डे को लागि साल को प्रतीक्षा गर्छ तर ` मदर्स डे ´ कहिले हो यो पत्तो छैन ।

५. एउटा रोटी दिन सकेन त्यो मासुम बच्चालाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा ऊ रोटीको लागि उदास बसेको थियो ।

६. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ ।

७. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम तपाइले आफुले आफैलाइ लान सक्नुहुन्न ।

८. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न ।

९. कुनै फरक पर्दैन कि तपाइको त्वचा चाहे जति नै गोरो र चमकदार होस, किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ ।

१०. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित होस किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ ।

त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !