प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

विहान यी भनाइहरु पढ्नुहोस र पुरै दिनको लागि उर्जा भर्नुहोस्

१२. जीन्दगी भनेको १०% ममाथी के हुन्छ र ९०% यसप्रति मैले कस्तो प्रतिकृया देखाउछु हो । – चार्ल्स स्विन्डोल

११. हामी जसको बारेमा ज्यादा सोच्छौ त्यही बन्छौ । – एर्ल नाइटिंगेल

१०. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय आज हो । – चिनिया कहावत

९. म परिस्थितीहरूको उत्पादन होइन, म मेरा निर्णयहरूको उत्पादन हु । – स्टिभन कोवे

८. या त तिमीले दिनलाई चलाउछौ या दिनले तिमीलाई चलाउनेछ । – जिम रोन

७. आलोचकहरूबाट बच्ने एउटै उपाय छ, केही नबोल्ने, केही नगर्ने, केही नबन्ने । – अरस्तु

६. जहाँ छौ त्यहीबाट सुरू गर, जे छ त्यसैको प्रयोग गर, जे सक्छौ त्यही गर । – आर्थर एसी

५. सात पटक खस र आठ पटक उठ । – जापानी कहावत

४. जताततै शुनदरता छ तर सबैले त्यो देख्न सक्दैनन् । – कन्फ्युशियस

३. हामी मध्ये धेरै आफ्नो सपना अनुसार बाचिरहेका छैनौ, किनभने हामी आफ्नो डरमा बाचिरहेका छौ । – लेस ब्राउन

२. यदि हावा चल्दैन भने आफैले पंखा घुमाउ । – ल्याटिन कहावत

१. तिमी पलायन हुने प्रयाश नगर यो दुनिया कायर व्यक्तिका लागि होइन । स्वामी विवेकानन्द

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !