प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

महान प्रेरणादायी वाणीहरु शृंखला-१

१. अवसर पाएर तयार नहुनुभन्दा अवसर नपाइकनै तयार भएर बस्नु धेरै राम्रो हो । – व्हिटनी युंग

२. नदेखिकन केही पनि नपिऊ र केही नपढीकन सही नगर । – स्पेनिस उखान

३. केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर । – महाविर स्वामी

४ .प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । – सेक्सपियर

५. आफू कति सुत्छु भन्नेमा ध्यान नदेऊ, आफू कति टाढा जानुछ भन्नेमा विचार गरेर बढ । – कन्फ्युसियस

६. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन

७. कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । – लाओ-त्से

८. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । स्विफ्ट

९. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । – महात्मा गान्धी

१०. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । – साईबाबा

११. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडोर रूजवेल्ट

१२. जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । – चार्ल्स

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !