प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

महान प्रेरणादायी वाणीहरु शृंखला-२

१. जसले जीवनको एक घण्टा समय व्यर्थमा फाल्ने दुःस्साहस गर्दछ, उसले अझै जीवनको मूल्य पत्ता लगाएको छैन । – चार्ल्स डार्विन

२. जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो । – उपनिषद

३. शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । – जय पृथ्वी बहादुर सिंह

४. अभ्यास नगर्ने हो भने विद्या विष हुन्छ । – हितोपदेश

५. अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ । – आइसकोर

६. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् । – विलियम शेक्सपियर

७. मानव रोटी मात्रले बाच्न सक्दैन । – बाइबल

८. सफलता अन्तिम हुदैन, असफलता घातक हुदैन । – विन्स्टन चर्चिल

९. प्रेममा परेको बेला सबैजना कवि हुन्छन् । – प्लेटो

१०. असंभव भन्ने शब्द मेरो शब्दकोशमै छैन । – नेपोलियन बोनापार्ट

११. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य

१२. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!